पत्रकार महासंघको चुनाव जितेपछि यस्तो देखियो मतगणनास्थल (फोटोफिचर)
काठमाडौं–नेपाल पत्रकार महासंघको अध्यक्षमा गोबिन्द आचार्य प्यानल सहित विजयी भएका छन् ।
आचार्य ७३२ मत प्राप्त गरी विजयी हुँदा पदाधिकारीहरुमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनको संयुक्त समूह विजयी भएको हो । यद्यपी केही सदस्यहरुमा भने प्रेस चौतारी नेपालको समूह विजयी भएको छ ।
निर्वाचित पदाधिकारीहरुमा खुला उपाध्यक्षतर्फ विपुल पोख्रेल, समावेशी उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, खुला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, आदिवासी जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतलप्रसाद महतो, दलित सचिव रेमबहादुर विश्वकर्मा, एशोसिएट सचिव प्रकाश थापा , कोषाध्यक्ष राजेश मिश्र र लेखा समितिको संयोजकमा रोशन पुरी रहेका छन् ।
महासंघमा विजयी भएसँगै प्रज्ञाभवनस्थित मतगणनास्थलमा विजयी उत्सव मनाइएको थियो ।
पत्रकार चुनावपछिको विजयी माहोललाई फोटो पत्रकार कृष्ण खड्काले कैद गरेका तस्बिरहरु हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण