यूक्रेनसँग डोनेट्स्क र लहान्स्क विद्रोहीबीच कैदी आदानप्रदान
एजेन्सी । यूक्रेन र रूस पक्षधर डोनेट्स्क र लुहान्स्क विद्रोहीबीच आइतबार कैदीको आदान प्रदान भएको छ । यूक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै केही समय पहिले पृथक भएका डोनेट्स्क र लुहान्स्क विद्रोहीबीच फ्रान्सको राजधानी पेरिसमा भएको उच्च स्तरीय वार्ताको आधारमा कैदी आदानप्रदान भएको हो ।
‘यूक्रेन र पृथकतावादी समूहबीच आपसीरूपमा करिब २०० कैदीको आदानप्रदान भएको हो,’ यूक्रेनी राष्ट्रपतिको कार्यालयको फेसबुकमार्फत् जारी विज्ञप्तिमा भनिएको छ । उक्त अवसरमा यूक्रेनतर्फका ७६ जना कैदी फिर्ता गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यस्तै विद्रोहीले आफ्ना नेता, कार्यकर्ता र लडाकू गरी जम्मा १२४ जनालाई फिर्ता पाएको जनाएका छन् ।
यूक्रेनी अधिकारीहरूले डोनेट्स्क क्षेत्रमा स्वतन्त्रताको माग गर्दै सङ्घर्ष गर्दै आएका रूस पक्षधर विद्रोहीसँग आइतबार दर्जनौँ कैदीहरू आदानप्रदान गर्ने कुरा शनिबार सार्वजनिक गरिएको थियो ।
पेरिसमा भएको उच्च स्तरीय शान्तिवार्तामा आधारित रहेर पछिल्लो कदम चालिएको यूक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताए । यूक्रेनको पूर्वी क्षेत्रमा डोनेट्स्क र लहान्स्कलाई यूक्रेनबाट स्वतन्त्र बनाउने लडाइ लड्दै आएका उनीहरूलाई रूसको समर्थन रहँदै आएको यूक्रेनको दावी छ । केही हप्ता पहिले रूस र यूक्रेनबीच पनि केही कैँदीको आदानप्रदान भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण