राष्ट्रिय महत्त्वका विषयमा ६ पार्टीको साझा दृष्टिकोण
काठमाडौं । सीपी मैनाली नेतृत्वको नेकपा माले लगायतका ६ वटा पार्टीले राष्ट्रिय महत्वका विषयहरुमा साझा दृष्टिकोण र नीति बनाउदै सार्वजनिक गरेका छन् ।
ती दलको यहीँ पुस १३ गते बसेको संयुक्त बैठकले नेपालको व्यास क्षेत्र भारत सरकारबाट खाली गर्नुपर्ने, माथिल्लो कर्णाली जलविद्युत परियोजना सम्बन्धी सम्झौता अविलम्ब खारेज गर्नुपर्ने, एमसीसी कम्प्याक्टबाट नेपालको राष्ट्रिय हित प्रतिकुल भएकाले लागु गर्न नहुने लगायत छन् ।
बैठकपछि नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल समाजवादी काँग्रेसका अध्यक्ष गोविन्द निरौला, जनसमाजवादी पार्टी नेपालका उपमहासचिव डम्बरविक्रम कार्की, नेपाल सर्वहारा कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष भावना विद्रोही राष्ट्रिय पुनर्जागरण अभियानका प्रवक्ता निमकान्त पाण्डे, तथा नेपालवाद पार्टीका महासचिव दिपक कुमार शर्माले जारी गरेको विज्ञप्तिमा नेपालको दार्चुला जिल्लाको व्यास क्षेत्रमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारत सरकारले आफ्नो नक्साभित्र पारेकोमा विरोध गर्दै नेपाली भुमि समेटेर नेपालको राजनीतिक नक्सा तयार गर्न र प्रयोगमा ल्याउन सरकारसँग माग गरेको छ ।
त्यस्तै माथिल्लो कर्णाली जलविद्युत परियोजनाबारे जीएमआर कम्पनीसँग गरिएको पीडीए तत्काल खारेज गर्न माग गरिएको छ ।
त्यस्तै एमसीसी कम्प्याक्ट सम्झौताले नेपालको संविधान र कानुन भन्दा माथि राखिएको भन्दै त्यसलाई नस्वीकार्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण