डीएभी कलेजको दोस्रो दीक्षान्त समारोह, १०३ जना विद्यार्थी दीक्षित
काठमाडौं– डीएभी सुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयको दोस्रो दीक्षान्त समारोह शनिबार सम्पन्न भएको छ । आफ्नो कलेजबाट बीबीए र बीबीएस अध्ययन सकेका विद्यार्थीलाई दीक्षित गर्दै कलेजले उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान समेत गरेको छ।
कलेजका अध्यक्ष अनिल केडियाको उपस्थितिमा भएको समारोहमा स्याकार कम्पनीका अध्यक्ष एवं ज्योती ग्रुपका अध्यक्ष सौरभ ज्योतीले अध्ययनकालका आफ्ना अनुभव सुनाउँदै विद्यार्थीलाई उत्प्रेरणा दिएका थिए ।
उनले नेपालको भविष्य विद्यार्थी र युवाहरुको काँधमा भएको बताउँदै देशमा धेरै कुराहरुको सम्भावना रहेको धारणा राखे । डीएभी कलेजबाट पढेर दक्ष हुन पाउनु भाग्यको कुरा भएको बताउँदै सौरभ ज्योतीले पढाई मात्र सबैभन्दा महत्वपूर्ण नभएर योसँगै सीप र व्यवहारिक ज्ञान पनि एकदम महत्वपूर्ण भएको बताए ।
आफूले पनि भारतको बैंगलोरमा अध्ययन गरेको सुनाउँदै अध्ययनकालको समयमा आफूले महसुस गरेका कुराहरू विद्यार्थीले बुझ्ने गरेर कथाहरु मार्फत प्रस्तुत गरे। यस्तै द्वन्दकालको बीचमा नेपालमा केहि गर्ने सोचका साथ देश फर्किएको बताउँदै अहिले त देशमा हरेक क्षेत्रमा सम्भावना भएको र त्यति नै चुनौती समेत भएकाले देशमै केहि गर्न विद्यार्थीहरुलाई सुझाव दिए ।
कलेजका बीबीए तर्फका ६४ र बीबीएस तर्फका ३९ जना गरी १०३ जना विद्यार्थी दीक्षित भएका थिए । उक्त समारोहकै क्रममा कलेज टपर हुन सफल बीबीए तर्फकी विद्यार्थी प्रिया सुनुवारलाई गोल्ड मेडल र बीबीएस तर्फकी विद्यार्थी कल्यानी कुँवरलाई शैक्षिक उत्कृष्टता अवार्डले सम्मान गरिएको थियो ।
त्यस्तै उनीहरु दुवै जनाले आ–आफ्नो अनुभव आफ्ना साथीहरु लगायत अभिभावकहरुलाई सुनाउँदै मन्तव्य राखेका थिए । समारोहका बीच दीक्षित विद्यार्थी र अतिथिहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण