आगलागीका कारण अष्ट्रेलियामा ३० हजार विस्थापित
एजेन्सी । अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो भने तातो हावाहुरी चलेको थियो ।
केही दिनदेखि अष्ट्रेलियाका दर्जनौ ठाउँमा आगलागी भइरहेका छन् । ती आगलागी थप फैलिदै गएपछि हजारौ मानिस विस्थापित भएका हुन् । ‘पूर्वी गिप्पस्ल्याण्डका सवै जना आजै त्यहाँबाट अन्यत्र जानु पर्दछ, आगलागीका कारण थप क्षतिको खतरा बढेको छ, अग्नी नियन्त्रण सम्वन्धी कार्यालयका एक अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले थप लेखेका छन्, ‘त्यस क्षेत्रमा यात्रा नगर्नु, त्यस क्षेत्रमा कुनै पनि सहयोग र उद्धारका काम गर्न असम्भव छ ।’ गिप्सल्याण्डलाई चर्चित र लोकप्रिय पर्यटकीय क्षेत्र मानिन्छ । क्रिसमस र नयाँ बर्षको अवसरमा लाखौँ मानिसले यहाँ भ्रमण गर्ने, बिदा मनाउने गर्दछन् ।
आगलागीबाट सचेत रहन भन्दै भिक्टोरिया, साउथ अस्ट्रेलिया, न्यू साउथ वेल्स, तास्मानिया लगायतका क्षेत्रमा पनि चेतावनी दिइएको छ । अष्ट्रेलियाका धेरै ठाउँमा ४३ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहेको मौसम अधिकारीहरुले जनाएका छन् । त्यसैगरी ३५ किलोमिटर प्रतिघण्टाको गतिमा तातो हावा चलेको छ ।
घटनास्थलहरुमा ५ सय ५० भन्दा बढी अग्नी नियन्त्रकहरु र ७० भन्दा बढी विमान र हेलिकोप्टरहरु पनि आपतकालिन उद्धार तथा सहयोगका लागि तयारी अवस्थामा राखिएको अधिकारीहरुले जनाएका छन् । –सिन्ह्वा/Photo: AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण