साउदी अरबमा अभद्र पहिरन लगाएको र उत्पीडनको आरोपमा २ सय बढी पक्राउ
साउदी अरबमा सामाजिक शिष्टता भंग गरेको आरोपमा २ सय बढीलाई पक्राउ गरिएको छ । अति रुढीवादी यो देशमा सामाजिक नीति नियम खुकुलो बनाएपछि पक्राउ गरिएको यो पहिलो घटना हो ।
१ सय २० पुरुष र केही महिलालाई एक हप्ताको बीचमा पक्राउ गरिएको छ । पुलिसका अनुसार उनीहरुलाई सामाजिक सद्भावमा खलल पुर्याएको, उत्पीडन गरेको र अभद्र पहिरनमा देखिएका कारण पक्राउ गरिएको हो ।
पुलिसले अर्को छुट्टै वक्तव्य जारी गर्दै उत्पीडनको मामलामा अन्य ८८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । थुप्रै महिलाले यस वर्षको सुरुवातमा रियादमा आयोजित एमडीएल बिस्ट म्युजिक फेस्टिबलमा उत्पीडन भएको सोसल मिडियामामार्फत् जानकारी दिएको पुलिसले जानकारी दिएको छ ।
अभद्र पहिरन लगाउनेलाई पनि नियम तोडेको भन्दै पक्राउ गरिएको रियाद पुलिसले मंगलबार श्रृङ्खलाबद्ध रुपमा ट्वीट गर्दै जानकारी दिए ।
जसले नियम तोडेका छन्, उनीहरुलाई जरिवाना पनि तोकिएको पुलिसले सोसल मिडियामार्फत् जानकारी दिएका छन् । यद्यपि, जरिवानाबारे भने केही जानकारी दिइएको छैन ।
एमडीएफ इलेक्ट्रोनिक म्युजिक फेस्टिबल अहिलेसम्म होस्ट गरिएको देशको सबैभन्दा ठूलो कार्यक्रम बताइएको छ ।
पक्राउ परेकालाई कहिलेसम्म हिरासतमा राखिने भनेर पुलिसले जानकारी पनि दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज
-
शिक्षा सचिव अधिकारीले पाए अवकाश
-
१२ कक्षाको प्रश्नपत्र आउट गर्ने २ जना पोखराबाट पक्राउ
-
कर्णालीमा सत्ता परिवर्तनको ‘साइड इफेक्ट’ : लगानी सम्मेलन फेरि अनिश्चित
-
दुर्गा प्रसाईंको हतियार कानुन अनुसार इजाजत दिन नमिल्ने : छानबिन समिति
-
४१ हजार ३८३ मत गन्दा कसको कति मत ?