साउदी अरबमा अभद्र पहिरन लगाएको र उत्पीडनको आरोपमा २ सय बढी पक्राउ
साउदी अरबमा सामाजिक शिष्टता भंग गरेको आरोपमा २ सय बढीलाई पक्राउ गरिएको छ । अति रुढीवादी यो देशमा सामाजिक नीति नियम खुकुलो बनाएपछि पक्राउ गरिएको यो पहिलो घटना हो ।
१ सय २० पुरुष र केही महिलालाई एक हप्ताको बीचमा पक्राउ गरिएको छ । पुलिसका अनुसार उनीहरुलाई सामाजिक सद्भावमा खलल पुर्याएको, उत्पीडन गरेको र अभद्र पहिरनमा देखिएका कारण पक्राउ गरिएको हो ।
पुलिसले अर्को छुट्टै वक्तव्य जारी गर्दै उत्पीडनको मामलामा अन्य ८८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । थुप्रै महिलाले यस वर्षको सुरुवातमा रियादमा आयोजित एमडीएल बिस्ट म्युजिक फेस्टिबलमा उत्पीडन भएको सोसल मिडियामामार्फत् जानकारी दिएको पुलिसले जानकारी दिएको छ ।
अभद्र पहिरन लगाउनेलाई पनि नियम तोडेको भन्दै पक्राउ गरिएको रियाद पुलिसले मंगलबार श्रृङ्खलाबद्ध रुपमा ट्वीट गर्दै जानकारी दिए ।
जसले नियम तोडेका छन्, उनीहरुलाई जरिवाना पनि तोकिएको पुलिसले सोसल मिडियामार्फत् जानकारी दिएका छन् । यद्यपि, जरिवानाबारे भने केही जानकारी दिइएको छैन ।
एमडीएफ इलेक्ट्रोनिक म्युजिक फेस्टिबल अहिलेसम्म होस्ट गरिएको देशको सबैभन्दा ठूलो कार्यक्रम बताइएको छ ।
पक्राउ परेकालाई कहिलेसम्म हिरासतमा राखिने भनेर पुलिसले जानकारी पनि दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण