मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ताइवानद्वारा चीनको ‘एक देश, दुई प्रणाली’ व्यवस्था अस्विकार

बिहीबार, १७ पुस २०७६, ०९ : ३१
बिहीबार, १७ पुस २०७६

ताइवानकी राष्ट्रपति साई इंग–वेनले बुधबार चीनको ‘एक देश, दुई प्रणाली’ को प्रस्तावलाई स्विकार नगर्ने स्पष्ट पारेकी छिन्  ।

चीनले ताइवानसमक्ष यो राजनीतिक फर्मूला पेश गरेको थियो जसलाई ताइवानले खारेज गरेको छ । उक्त फर्मूला हंगकंगमा पूर्ण रुपमा असफल भएको भन्दै यसलाई स्विकार गर्नुको प्रश्न नै नउठ्ने भन्दै ताइवानले अभिव्यक्ति दिएको छ ।

चीनले ताइवान आफ्नो हिस्सा भएको र आवश्यकता पर्दा बल प्रयोग गरेर अधिनमा लिनसक्ने बताउँदै आएको छ । यता ताइवानले आफू स्वतन्त्र देश भएको दाबी गर्छ ।

ताइवानमा ११ जनवरीमा चुनाव छ र साई पुनः चुनावी मैदानमा उत्रिएकी छिन् । नयाँ वर्षको मौका पारेर गरिएको भाषणमा साइले ताइवान एक स्वतन्त्र देश भएको र चीनको दबाबबाट मुक्त भएर लोकतन्त्र र स्वतन्त्रतालाई कायम राख्ने बताएकी छिन् ।

ताइवानको चुनावी अभियानमा चीनको डर सबैभन्दा ठूलो मुद्दा हो । चीन शासित हंगबंगमा महिनौंदेखि चलिरहेको सरकार विरोधी प्रदर्शनका कारण ताइवानको चुनावमा ‘चीनको डर’ निकै ठूलो मुद्दामा रुपमा उदाएको छ ।

साइले भनिन्, ‘हंगकंगका मानिसहरुले हामीलाई भनेका छन् कि ‘एक देश, दुई प्रणाली’ निश्चित रुपमा असफल फर्मूला हो ।’

हंगकंग ब्रिटिश उपनिवेश थियो जसलाई ब्रिटेनले सन् १९९७ मा स्वतन्त्रताका केही विशेष प्रावधानको बदलामा चीनलाई सुम्पिएको थियो ।

साईले भनिन्, ‘हंगकंगमा एक देश दुई प्रणाली व्यवस्थाका कारण स्थिती दिन प्रतिदिन खराब भइरहेको छ । चीनले शक्तिको दुरुपयोग गर्दै एक देश दुई प्रणाली व्यवस्थाको विश्वसनीयतालाई संदिग्ध बनाएको छ । यस्तोमा यो स्विकार गर्नुको प्रश्न नै उठ्दैन ।’

ताइवानको संसदले मंगलबार चीनको खतरालाई दृष्टिगत गर्दै ‘एन्टी–इन्फिल्ट्रेशन ल’ पास गरेको थियो । यो कानून पास भएपछि ताइवान र चीनबीचको तनाव चरम अवस्थामा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप