सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने
काठमाडौं– सिप्रदी ट्रेडिङले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने भएको छ । ट्रेडिङले हालै चौथो ब्याच ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको हो ।
यस ६ महिने तालिम सिप्रदीको तालिम केन्द्र काठमाडौँको चन्द्रागिरीमा हुनेछ भने तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरहरुमा प्राथमिकता दिइनेछ ।
उक्त कार्यक्रम अन्तर्गत १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका १० जना अटोमोवाइल विषयमा टीएसएलसी उत्तीर्ण वा १० कक्षा उत्तीर्ण गरेको र राष्ट्रिय सिप परिक्षण समितिबाट अटोमोवाइल विषयमा लेभल वान–टु उत्तीर्ण गरेका इच्छुकलाई सहभागी हुन कम्पनिले आग्रह गरेको छ ।
दरखास्त बुझाउन अन्तिम मिति २०७६ पुस २९ गतेसम्म र दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु रहेको सिप्रदीले जनाएको छ । यो निस्शुल्क तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण