सुलेमानी मारिएलगत्तै नेटोद्वारा इराकमा तालिम अभियान स्थगित
शनिबार, १९ पुस २०७६, २२ : ३८
एजेन्सी । उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले इराकमा यस पहिले सञ्चालन गर्दै आएको तालिम अभियानलाई स्थगित गरेको छ ।
अमेरिकाको हवाई आक्रमणबाट इराकको राजधानीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा पछिल्लो समय आन्दोलनरत विद्रोही समुहका प्रमुख नेता अबु महदी अल–मुहन्दीससहित ६ जनाको मृत्यु भएको थियो ।
अल–मुहन्दीसले इरानको समर्थनप्राप्त समूह कताइब हेजबुल्लाह र इरानसँग निकट अन्य लडाकू समूहहरूको छाता संगठन समूहको पनि नेतृत्व गर्दै आएका थिए ।
इराकमा नेटोका सयौँको सङ्ख्यामा सैनिक तैनाद भएका छन् भने उनीहरूले इराकी सेनालाई आवश्यक तालिम दिँदै आएको थियो । इराकी सरकारले बग्दादमा इस्लामिक समूहका गतिविधि रोक्नका लागि नेटोको सहयोगका लागि माग गरे अनुरूप नेटोले आफ्ना अधिकारीलाई त्यहाँ पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोली देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण