सेक्युरिटी प्रिन्टिङमा भ्रष्टाचार भएको आशंकामा लेखा समितिद्वारा छानविन सुरु
काठमाडौं । सरकारले गर्न लागेको सेक्युरिटी प्रिन्टिङ सम्बन्धि उपकरणमा भ्रष्टाचार गर्न लागेको आशंकामा सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । सोमबार सार्वजनिक लेखा समिति बैठकमा परेको उजुरीको आधारमा विजयप्रकाश मिश्र र सुधिरराज पाण्डेलाई बोलाएर यस विषयमा छानबिन थालेको हो ।
समितिको बैठकमा विज्ञको रुपमा उपस्थित मिश्रले लागत मूल्यभन्दा करिब ७ अर्ब रुपैयाँ बढाएर प्रस्ताव गरेको कम्पनीलाई खरिद अनुमति दिन लागेको भन्दै प्रश्न उठाएका थिए । मिश्रले ९० देखि ९५ मिलियन युरो पर्ने मेसिनलाई १५५ देखि १६० मिलियन युरो प्रस्ताव गरेर भ्रष्टाचार गर्ने आशंका रहेको भन्दै छानबिन गर्न माग गरे ।
‘सम्बन्धित कम्पनीले गर्दा ९० देखि ९५ मिलियन युरो पर्छ । होल सोलुसनसहितको गर्दा २०० मिलियन युरो पर्छ’, उनले भने, ‘तर सरकारले १७—१८ मिलियन युरोको मेसिन ल्याएर १७५ मिलियन युरो प्रस्ताव गरेको कम्पनीलाई अनुमति दिँदैछ । होल सोलुसन सहित ९० देखि ९५ मिलियन युरो पर्ने मेसिनलाई १५५ देखि १६० मिलियन युरो सरकारले कस्तो अवस्थामा खर्च गर्दैछ भन्ने कुरा आफै विचार गर्नुहोस् ।’
सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा गत मंसिरमा बसेको मन्त्रिपरिषदले सेक्युरिटी प्रिन्टिङ सम्बन्धित उपकरण खरिद गर्ने निर्णय गरेको थियो । सरकारले फ्रान्सेली र जर्मनी कम्पनीसँग जीटुजी मोडेलमा उक्त उपकरण खरिद गर्न सम्झौता गर्ने तयारी गरेको छ ।
सोमबारको बैठकमा समिति सभापतिले जीटुजी मोडेलमा यसअघि पनि भ्रष्टाचार हुने गरेको उदाहरण प्रस्तुत गर्दै यस विषयमा छानबिन गर्ने बताए । त्यस्तै उनले सार्वजनिक खरिद नियमावलीलाई लत्याउँदै भ्रष्टाचार गरेको हुन सक्ने आशंका व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण