सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्भयाकी आमाले भनिन्, ‘छोरीका अपराधी फाँसीमा झुण्डिएको हेर्न चाहन्छु, अदालतसँग अनुमती माग्नेछु’

बिहीबार, २४ पुस २०७६, ११ : १२
बिहीबार, २४ पुस २०७६

निर्भयाका अपराधीको डेथ वारेन्ट जारी हुँदा पूरा भारतीय जनता खुसी छन् । उक्त खबरपछि निर्भयाकी आमा आशादेवी खुसी नहुने कुरै छैन । आशादेवीले आफ्नी छोरीका अपराधीलाई फाँसीमा झुण्डिएको हेर्ने इच्छा भएको बताएकी छिन् ।

भारतीय मिडियासँगको कुराकानीमा उनले भनेकी छिन्, ‘मेरो एउटा मनको इच्छा छ । सायद यो कानूनी रुपमा सम्भव हुन सक्दैन तर म एकपटक पक्कै पनि प्रयास गर्नेछु । म आफ्नी छोरीका अपराधीलाई आफ्नो आँखा अगाडि झुण्डिएको हेर्न चाहन्छु । यसका लागि जेल प्रशासन र अदालतसमक्ष निवेदन दिनेछु ।’

यता दिल्लीको द्वारका सेक्टरस्थित उनको अपार्टमेन्टको दृश्य मंगलबार भिन्न थियो । अदालतबाट निर्भयाका परिवार फर्किने प्रतिक्षामा अपार्टमेन्टका मानिसहरु तीन घण्टासम्म बाटो हेरेर बसे र राती साढे ९ बजे जब उनीहरु घर फर्किए तब मानिसहरुले उनीहरुलाई ताली बजाएर स्वागत गरे । उनीहरुले क्यान्डल मार्च पनि निकाले । मानिसहरुले सरकारसँग अपार्टमेन्ट अगाडिको चौबाटोको नाम निर्भया चोक राख्ने माग पनि गरे । मानिसहरु राती १२ बजेसम्म त्यहाँ बसिरहे । निर्भयाका परिवारले मानिसहरुलाई धन्यवाद  दिँदै घर फर्किन आग्रह गरेपछि भीड त्यहाँबाट फर्किएको बताइएको छ ।

आशादेवीले भनिन्, ‘अपार्टमेन्ट बाहिर मानिसहरुले एउटा ब्यानर पनि राखेका छन् । यसमा लेखिएको छ, ‘जबसम्म निर्भयाका चारै अपराधीलाई फाँसी हुँदैन तबसम्म त्यो स्थानमा हरेक रात ८ बजे मैनबत्ती र्‍याली निकालिनेछ । मानिसहरुको प्रेम देखेर मेरो आँखामा आँसु आयो । बिहानैदेखि फोन र म्यासेज आइरहेका छन् । न्यायको लडाईंमा साथ दिनेहरुका लागि मसँग कुनै शब्द छैन । मेरो वास्तविक लडाईं अपराधीलाई फाँसी दिएपछि सुरु हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप