शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लेबनानमा नयाँ प्रधानमन्त्रीविरुद्ध हजारौँको प्रदर्शन

आइतबार, २७ पुस २०७६, १३ : ५१
आइतबार, २७ पुस २०७६

एजेन्सी । लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन् । राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरुले प्रदर्शन गरेको जनाइएको छ ।

प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरुले असहमति जनाएका छन् । भ्रष्ट राजनीतिक पार्टीहरुको सहयोगमा उनी प्रधानमन्त्री भएकाले उनलाई अस्विकार गरिएको उनीहरुको भनाई छ ।

अहिलेको सरकारले पनि देशको आर्थिक चुनौतीहरुलाई सामना गर्न नसक्ने भएकाले विरोध गर्नु परेको आन्दोलनकारीले बताएका छन् ।आन्दोलनकारीहरुको मागलाई सरकारले बेवास्ता गरिरहेको एक आन्दोलनकारीको आरोप थियो । प्रदर्शनकारीहरुले देशव्यापी आन्दोलनको तयारी भइरहेको जानकारी दिएका छन् । उनीहरुले स्वतन्त्र व्यक्तिहरुको सहभागीता सहिन सरकारको पुनर्गठन गर्न माग गरेका छन् ।

देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उनीहरु सक्षम रहने आन्दोलनकारीहरुको दाबी रहेको छ । तर नयाँ प्रधानमन्त्री दियब भने सरकार पुनर्गठनका लागि असफल हुँदै आएका छन् । उनलाई सघाएका विभिन्न दलहरुको दवावका कारण उहाँले सरकार पुनर्गठन गर्न नसक्नु भएको हो ।

लेबनान अहिले आर्थिक कारणले खतरापूर्ण अवस्थामा रहेको छ । असफल राजनीतिक नेताहरुका कारण मुलुक यो अवस्थामा पुगेको आन्दोलनकारीको भनाई छ । –सिन्हवा/Photo: AFP


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप