निर्भयाः परिवारलाई अन्तिम पटक भेट्दैछन् चारै दोषी
निर्भया सामूहिक बलात्कार काण्डका चारैजना दोषीलाई फाँसी दिनुअघि आफ्नो परिवारलाई कहिले भेट्न चाहन्छौ भनेर तिहाड जेलका अधिकारीले सोधेका छन् ।
टाइम्स अफ इन्डियाले जेल स्रोतलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा २० जनवरी अर्थात् फाँसी दिइनु दुई दिन अघि दोषीलाई कसैसँग भेट्ने अनुमती नभएको जानकारी दिएको छ ।
जेलका अधिकारीले भने, ‘मिति निश्चित भएपछि चारैजनालाई पालैपालो आफ्नो परिवारका सदस्यसँग भेट्न दिइनेछ ।’
चारै दोषी मुकेश कुमार, अक्षय सिंह, विनय शर्मा र पवन गुप्तालाई फाँसी दिनुअघि आफ्ना परिवारलाई भेट्न अनुमती दिइनेछ । जेलका अधिकारीका अनुसार उनीहरुले फाँसी दिनुअघि जेलभित्र काम गरेर कमाएको पैसाको पनि हिसाब गर्नेछन् । यो पैसा उनीहरुको परिवारलाई पनि दिइनेछ ।
अक्षय सिंहले जेलभित्र काम गरेर ६९ हजार भारु, विनय शर्माले ३९ हजार र पवन गुप्ताले २९ हजार रुपैयाँ कमाएका छन् । मुकेश कुमारले जेलभित्र काम गर्न अस्विकार गरेका थिए ।
अदालतले विनय शर्मा र मुकेश कुमारको क्यूरिटिव पिटिशन खारेज गरिसकेको छ । तिहाड जेलका एक वरिष्ठ अधिकारीका अनुसार क्यूरिटिव पिटिशन खारेज भएपछि विनय शर्माका पिता उनलाई भेट्न आएका थिए र बुवासँगको कुराकानीको क्रममा विनय थुप्रै पटक रोएका थिए ।
१६ डिसेम्बर २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कारका चारै दोषीलाई मृत्युदण्डको सजाय तोकिएको छ । पटियाला हाउस अदालतले फाँसीका लागि २२ जनवरी २०२० मा बिहानको सात बजेको समय निश्चित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण