शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीको तस्बिर सार्वजनिक गर्दै कपिल शर्माले लेखे, ‘हाम्रो दिलको टुक्रा अनायर शर्मासँग मिल्नुस्’

बिहीबार, ०२ माघ २०७६, १९ : ०४
बिहीबार, ०२ माघ २०७६

मुम्बई । चर्चित कमेडियन तथा अभिनेता कपिल शर्माको छोरीको तस्बिर सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ । तस्बिरमा कपिल छोरीलाई काखमा लिएको अवस्थामा देखिएका छन् ।

तस्बिरका साथ कपिलले लेखेका छन् ‘हाम्रो दिलको टुक्रा अनायर शर्मासँग मिल्नुस् ।’ तस्बिर कपिलले मकर संक्रान्तिको अवसर पारेर सार्वजनिक गरेका हुन् । तस्बिरलाई थुप्रै फ्यानले लाइक तथा कमेन्ट गरेका छन् ।

गत १० डिसेम्बरमा कपिलकी पत्नी गिन्नी चतरथले छोरीको जन्म दिएकी थिइन् । सो समय पनि कपिलले आफ्नो घरमा छोरीको आगमन भएको खुसी सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए । छोरीको जन्म भएपछि आफ्नो कामबाट १५ दिनको छुट्टी लिएका कपिलले केही दिन अगाडि बरिष्ठ अभिनेता ज्याकी श्राफसँग कफिल शर्मा शोको सुटिङ गरेका थिए ।

कपिलले गिन्नीसँग २०१८ डिसेम्बर १२ मा विवाह भएको थियो । हिन्दु रिवाजअनुसार दुबैको विवाह गरेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप