छोरीको तस्बिर सार्वजनिक गर्दै कपिल शर्माले लेखे, ‘हाम्रो दिलको टुक्रा अनायर शर्मासँग मिल्नुस्’
मुम्बई । चर्चित कमेडियन तथा अभिनेता कपिल शर्माको छोरीको तस्बिर सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ । तस्बिरमा कपिल छोरीलाई काखमा लिएको अवस्थामा देखिएका छन् ।
तस्बिरका साथ कपिलले लेखेका छन् ‘हाम्रो दिलको टुक्रा अनायर शर्मासँग मिल्नुस् ।’ तस्बिर कपिलले मकर संक्रान्तिको अवसर पारेर सार्वजनिक गरेका हुन् । तस्बिरलाई थुप्रै फ्यानले लाइक तथा कमेन्ट गरेका छन् ।
गत १० डिसेम्बरमा कपिलकी पत्नी गिन्नी चतरथले छोरीको जन्म दिएकी थिइन् । सो समय पनि कपिलले आफ्नो घरमा छोरीको आगमन भएको खुसी सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए । छोरीको जन्म भएपछि आफ्नो कामबाट १५ दिनको छुट्टी लिएका कपिलले केही दिन अगाडि बरिष्ठ अभिनेता ज्याकी श्राफसँग कफिल शर्मा शोको सुटिङ गरेका थिए ।
कपिलले गिन्नीसँग २०१८ डिसेम्बर १२ मा विवाह भएको थियो । हिन्दु रिवाजअनुसार दुबैको विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण