सर्वाधिक आकर्षक र शक्तिशाली अर्थ, गृह मन्त्रालयमा एकैपटक सचिव पद रिक्त
सोमबार, ०६ माघ २०७६, ०७ : २९
सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्त्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुने भएको छ ।
अर्थ मन्त्रालयका सचिव राजन खनाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य एकैपटक सेवा निवृत्त हुने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अनिल ठाकुर भने गत २१ पुसमै सेवा निवृत्त भएपछि चार सचिव पद रिक्त हुन लागेको हो ।
अर्थ मन्त्रालयका सचिव खनाल, गृह मन्त्रालयका सचिव राई र उपराष्ट्रपति कार्यालयका आचार्य २२ माघदेखि सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुन लागेका हुन् ।
उनीहरूको अवकाश सँगसँगै हालका चार जना वरिष्ठ सहसचिवहरू सचिवमा बढुवा हुनेछन् । खनाल, राई र आचार्य तीनै जना २०७१ साल २२ माघमा सचिवमा बढुवा भएका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण