पाल्पामा दरबन्दीअनुसार प्रहरी नहुँदा समस्या
पाल्पा । जिल्लामा दरबन्दी अनुसार प्रहरी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । चार सय ५८ प्रहरी हुनुपर्नेमा अहिले तीन सय १३ प्रहरी मात्र कार्यरत छन् । करिब १४५ प्रहरीको अझै अभाव देखिएको हो । प्रहरीको दरबन्दी अनुसार जनशक्ति अभावले प्रहरीलाई छिटोछरितो रुपमा सेवा प्रवाह गर्न समस्या देखिएको हो ।
करिब एक महिनादेखि प्रहरी नायब उपरीक्षकको अभाव देखिएको छ । जिल्ला प्रहरी कार्यालयमा कायरत डिएपी कृष्णराज सापकोटाले अवकाश प्राप्त गरेपछि सो पद खाली हुँदै आएको हो । त्यसैगरी प्रहरी निरीक्षकमा तीन दरबन्दीमा दुई मात्र कार्यरत छन् ।
प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जिल्लामा दरबन्दी अनुसार प्रहरी नहुँदा जिल्ला प्रहरी कार्यालय मातहतका चौकीमा प्रहरी कम हुँदा समस्या हुँदै आएको बताए । कतिपय चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्व हुनुपर्नेमा प्रहरी हबल्दारले नेतृत्व समालेका छन् । प्रहरीको दैनिक प्रशासनिक कामदेखि अपराध अनुसन्धानमा समेत प्रहरी कम हुँदा समस्या हुँदै आएको प्रउ जिसीको भनाइ छ ।
जिल्लाभर प्रहरी सहायक निरीक्षकमा ४१ को दरबन्दी भए पनि अहिले जिल्लामा २२ जना कार्यरत छन् । हबल्दारमा ९३ को दरबन्दी भए पनि ७० मात्र कार्यरत छन् । प्रहरी जवानमा २९२ दरबन्दीमा १९८ रहेका छन् । प्रहरी सहयोगी १४ दरबन्दी कायम गरिए पनि हाल सात मात्र कार्यरत रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण