प्रसूतिगृहको रक्तसञ्चार विभाग प्रभावकारी बन्दै
थापाथलीस्थित प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालको रक्तसञ्चार विभागमा स्थापना गरिएको ‘ब्लड कम्पोनेन्ट’ प्रभावकारी बन्दै गएको छ । दुई वर्ष अघि स्थापना गरिएको सो ‘ब्लड कम्पोनेन्ट’ सेवाबाट प्याक रेड ब्लड सेल, फ्रेस फ्रोजन प्लाज्मा र पेलेटलेज रिच प्लाज्मा गरी १ हजार २ सय ७२ युनिट‘ब्लड कम्पोनेन्ट’ बनाएर बिरामीलाई दिइएको छ ।
जसमा प्याक रेड ब्लड सेल करिव ६ सय ४० युनिट, फ्रेस फ्रोजन प्लाज्मा ५ सय ४० युनिट र पेलेटलेज रिच प्लाज्मा ९२ युनिट बनाइएको हो ।
अस्पतालमा आएका बिरामीलाई अन्य रक्त संचार केन्द्रमा धाउनुपर्ने बाध्यतालाई कम गर्नका लागि कम्पोनेन्ट सेवा सञ्चालनमा ल्याएको ब्लड बैंकका इन्र्चाज परशुराम दाहालले बताए ।

यो सेवा उपलब्ध गराउदाँ एक जनाका रक्तदाताले दिएको रगतबाट ३ तीन युनिट कम्पोनेन्ट बन्ने भएकाले यस सेवालाई अगाडि उनको भनाइ छ ।
अस्पतालमा भर्ना भएका नवजात शिशुलाई एफएफपी अत्याधिक मात्रामा आवश्यक पर्ने हुँदा पछिल्लो समय स्टोर गरेर उपलब्ध गराउँदै आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण