भारतद्वारा १४ नेपालीलाई ५.९६ करोड नगदसहित सम्मान
भारतका कार्यवाहक राजदूतले १४ जना नेपालीलाई ५.९६ करोड रुपैयाँ नगदसहित सम्मान गरेका छन् ।
कार्यवाहक राजदूत डा. अजय कुमारले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका पाँचजना निकटतम नातेदारलाई ५.९६ करोड रुपैयाँ नगद तथा कम्मल वितरण गर्दै सम्मान गरेका छन् ।
भारतीय राजदूतावास, काठमाडौंले आइतबार भारतको ७१ औँ गणतन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान गरेको हो ।

सो अवसरमा राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान गरेको छ । नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्धता दोहोर्याउँदै राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० पटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि वितरण गरेको छ ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७ सय ८२ एम्बुलेन्स तथा १ सय ५४ बस प्रदान गरेको छ ।














तस्विर : सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण