श्रीमान्लाई मृत्युदण्ड दिएको ६ वर्षपछि पहिलो पटक देखिइन् किम जोङ्ग उनकी काकी
उत्तर कोरियाली नेता किम जोङ्ग उनकी काकीलाई ६ वर्षपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएको छ । सन् २०१३ मा श्रीमान्लाई मृत्युदण्ड दिएपछि उनी एकाएक हराएकी थिइन् ।
किम क्योङ्ग–हुई उत्तर कोरियाका संस्थापक किम II–सुङ्गकी छोरी तथा पूर्व नेता किम जोङ्ग–इलकी बहिनी हुन् ।
भतिजो किम जोङ्ग उनले उनका श्रीमान् चाङ् सोङ्ग थाइकलाई देशद्रोहको आरोप लगाउँदै मृत्युदण्ड दिएका थिए ।
तर आइतबार, सरकारी मिडियाले उनको नयाँ वर्षको उत्सव मनाइरहेको तस्बिर सार्वजनिक गर्यो ।
उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले सार्वजनिक गरेको उक्त तस्बिरमा किम क्योङ्ग–हुई, किम जोङ्ग उन र उनकी श्रीमतीसँगै प्योङ्गयाङ्गको भीडभाडयुक्त थिएटरमा बसिरहेको देख्न सकिन्छ । उनको नाम कार्यक्रममा उपस्थित उच्च पदस्थ अधिकारीको रुपमा समावेश पनि गरिएको थियो ।
एनके न्यूजका सम्पादक ओलिभर होथ्यामले उनको उपस्थितीले सबैलाई चकित बनाएको बताएका छन् ।
‘उत्तर कोरियालाई नियालिरहेकाहरुले किम क्योङ्ग–हुईलाई कि त देश निकाला गरिएको वा श्रीमानको हत्या पछि उनको पनि हत्या गरिएको हुनसक्ने आशंका गरेका थिए,’ उनले रोयटर्सलाई भने ।
‘किम जोङ्ग सँगसँगै देखिनु भनेको उनले सम्भवतः सल्लाहकारको रुपमा आफ्नो महत्वपूर्ण प्रभाव पुनः हासिल गरेकी छिन्,’ उनले थपेका छन् ।
‘यसले उत्तर कोरिया कति निर्दयी र अचम्मको छ भनेर सुचित पनि गराउँछ किनभने उनी यस्तो व्यक्तिसँगै बसिरहेकी छिन् जसले उनको श्रीमान्को हत्याको आदेश दिएका थिए,’ उनी भन्छन् ।
करिब १० वर्ष अघि किम क्योङ्ग–हुई र उनका श्रीमान् चाङ्ग सोङ्ग–थाइक भतिजो सत्तामा आएपछि देशका प्रमुख र शक्तिशाली व्यक्तिमध्येका एक थिए ।
सन् २०११ मा बुवाको उत्तराधिकारीको रुपमा किम उत्तर कोरियाली नेताको रुपमा सत्तामा आएका हुन् । उनी सत्तामा आउनु अघि चाङ्ग उनका प्रशिक्षक भएको पनि बताइन्छ ।
तर सत्तामा आएको दुई वर्षपछि चाङ्गलाई कुनै पनि भेटघाट गर्न दिइएन । सरकारी बयानमा उनले किम जोङ्ग उनलाई पदच्यूत गराउन रणनीति अपनाएको स्विकार गरे लगत्तै उनलाई मत्युदण्ड दिइएको उल्लेख गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण