निर्भयाका चारैजना दोषीको डमीलाई जेलभित्र फाँसीको दोस्रो रिहर्सल
निर्भया बलात्कार तथा हत्याका चारैजना दोषीको डमीलाई सोमबार दोस्रो पटक फाँसी दिइएको छ । तिहाड जेलका अधिकारीले डमीलाई फाँसी दिने प्रक्रिया पूरा गरे । यो प्रक्रिया दोषीलाई फाँसी दिनु अघिको रिहर्सल मानिन्छ । यसअघि जनवरी १२ मा चारै दोषीका डमीलाई फाँसी दिइएको थियो । यी चारैजना दोषीको डमी उनीहरुको तौलको हिसाबले तयार गरियो । दिल्ली अदालतले चारै दोषीको डेथ वारेन्ट जारी गरेर उनीहरुलाई फेब्रुअरी १ तारिखमा बिहान ६ बजे फाँसी दिने आदेश दिएको छ ।
यसअघि १२ जनवरीमा हरेक दोषीको तौल बराबर ढुङ्गालगायतका सामग्रीबाट डमी बनाइएको थियो । त्यतिबेला डमीलाई फाँसी दिनका लागि जल्लाद बोलाइएको थिएन र जेल अधिकारीले नै यो प्रक्रिया पूरा गरेका थिए । त्यतिबेला अदालतले निर्भयाका चारै आरोपी अक्षय ठाकुर (३१), पवन गुप्ता (२५), मुकेश सिंह (३२) र विनय शर्मा (२६) विरुद्ध डेथ वारेन्ट जारी गरेर उनीहरुलाई जनवरी २२ तारिखमा फाँसी दिने आदेश दिएको थियो । त्यसपछि कानूनी प्रक्रियाका कारण पुनः डेथ वारेन्ट जारी भयो र अदालतले चारैजना दोषीलाई फेब्रुअरी १ तारिख बिहान ६ बजे फाँसी दिने आदेश दिएको छ । यी चारैजनालाई जेल नम्बर ३ मा फाँसी दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण