भारतीय नागरिकको हत्या गरी शव जलाएको आरोपमा २ जना पक्राउ
झापा । संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ) छिनाएर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले मादक पदार्थ सेवन गरेर सामान्य विवादमा शेखको हत्या गरेको र हत्यपछि चौधरी र यादवले उनको शवलाई स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालमा जलाएका हुन् ।
शेख चारपानेमा विगत १० वर्षदेखि बसोवास गर्दै आएको र सोही क्षेत्रमै मजदूरी गर्दै आएका थिए । सोमबार साँझ यादव, चौधरी र शेख तीनै जना स्थानीय होटलमा सँगै बसेर मादक पदार्थ सेवन गरेको र आपसी विवादका क्रममा शेखलाई यादव र चौधरीले टाउकोमा ढुङ्गा प्रहार गर्दै बेहोस बनाएर पराल राखेको ठाउँसम्म घिसारेर पु¥याएको तथा संवेदनशील अङ्ग काटेर परालमा आगो लगाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट संवेदनशील अङ्ग काट्न प्रयोग गरिने चक्कु एक थान, मृतकलाई आगो लगाउन प्रयोग गरिने लाइटर एक थान, मृतकको लेनोभो कम्पनीको कालो मोबाइल एक थान, मृतकले प्रयोग गरेको सिम कार्ड, घटना घटाउँदा लक्षण यादवले लगाएको रागतजस्तो रातो लागेको दाग भएको एक थान भेस्ट र घटना घट्नुभन्दा अगाडि बुद्धिमाया राईको पसलबाट किनेको चुरोट तथा चुरोटका ठुटासमेत बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण