आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट उद्दार गरेर ल्याइने नेपालीलाई रानीबन क्षेत्रमा नराख्न माग

शुक्रबार, २४ माघ २०७६, २१ : २२
शुक्रबार, २४ माघ २०७६

काठमाडौँ । सरकारले कोरोना भाइरस फैलिएको चीनको बुहानबाट उद्दार गरेर ल्याउने नेपालीलाई राख्न विभिन्न स्थानमध्ये नागार्जुन नगरपालिका–१ स्थित इचंगुनारायण रानीवन क्षेत्रलाई समेत चर्चामा आएपछि स्थानीयले विरोध गरेका छन् । इचंगुनारायणमा सहरी विकास तथा भवन निर्माण विभागको भवन रहेको छ भने सोही स्थानलाई समेत सरकारले चीनबाट उद्दार गरेर ल्याउने नेपालीलाई राख्ने प्रस्ताव गरेको चर्चा छ । 
तर, एक अन्तर्क्रिया कार्यक्रममा रानीबन क्षेत्रका स्थानीयले बाक्लो बस्ती नजिकै चीनबाट उद्दार गरेर ल्याइएकाहरुलाई राख्दा संक्रमण फैलिन सक्ने भन्दै यो स्थान उपयुक्त नभएको धारणा राखेका छन् । 

स्थानीय उपभोक्ता समितिका अध्यक्ष शिव सिम्खडाले घना वस्तीको बीचमा चीनबाट नेपाल आएकालाई राख्दा अरुमा पनि संक्रमण फैलिन सक्ने भएकाले अन्यत्रै राख्न सुझाव दिए । स्थानीयले सो स्थानमा उनीहरुलाई राखिए आफूहरुको विरोध रहने समेत बताएका छन् । 

रानीबन क्षेत्रबाहेक सरकारले खरिपाटीस्थित विद्युत प्राधिकरणको भवन, पाँचखालमा रहेको नेपाली सेनाको तालिम केन्द्र, गोदावारीजस्ता स्थान समेत सिफारिस गरेको छ । तर अहिलेसम्म सरकारले कहाँ राख्ने भन्नेमा ठोस निर्णय भने गर्न सकेको छैन । 

 बुहानबाट नेपाल फर्किन चाहनेलाई नेपालमा राख्न सुरक्षित ठाउँको टुंगो नलगाएकै कारण उनीहरुको उद्दारमा ढिलाइ भएको बताइएको छ । 

बेइजिङस्थित नेपाली दूतावासका अनुसार १ सय ८० जना नेपालीले स्वदेश फर्किन चाहेको भन्दै निवेदन दिएका छन् । उद्दारपछि पनि उनीहरुलाई कम्तिमा पनि १४ दिन आइसोलेसन सेन्टरमा राख्नुपर्ने चिकित्सकहरुको भनाइ छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप