बेहुलीले विवाहको दिन लगाउने सारीमा विवाद भएपछि विवाहको अघिल्लो दिन बेहुला फरार
एजेन्सी । बेहुलीले विवाहमा लगाउने सारीको विषयमा विवाद उत्पन्न भएपछि कर्नाटकका एक व्यक्ति विवाहको एक दिन अघि भागेका छन् ।
बेहुलाका अभिभावक अभिभावकबीचक विवाहमा बेहुलीले कस्तो सारी लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो । घटना बुधबारको हो ।
कर्नाटकको हसननगर नजिक रहेको एक गाँउका बासिन्दा बीएन रघुकुमार अभिभावकको इशारामा विवाह समारोहमा सहभागी नभइ भागेका हुन्।
‘हामीले रघुकुमारविरुद्ध जालसाजींको मुद्दा दर्ता गरेका छौं । उनी अहिले फरार छन् ,’ हसननगरका एसपी श्रीनिवास गोदले भने ।
प्रहरीले रघुकुमारका अभिभावकविरुद्ध पनि मुद्दा हालेका छन् ।
रघुकुमार र बीआर संगिथाको पहिले प्रेम र त्यसपछि विवाह हुन लागेको थियो । विवाहका लागि केटा र केटी दुवैका अभिभावक पनि सहमत थिए ।
तथापि, रघुकुमारका अभिभावकले संगिथालाई विवाह समारोहको दिन लगाउने सारी फेर्न आग्रह गरेका थिए । तिनले केटीले लगाउने भनेर छानेको सारीको गुणस्तरसँग आफूहरु सन्तुष्ट नभएको बताएका थिए ।
विवादपछि दुलाहाका अभिभावकले बिहीबारलाई तय गरिएको विवाह रद्द गरेर आफ्नो छोरालाई भगाएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण