सियारा तुफान : हावाले विमान हल्लाएको भिडियो भाइरल बन्दै (भिडियो)
युरोपभरि फैलिएको सियारा नामक आँधीबेहरीका कारण यातायात अवरुद्ध भएको छ । साताको सुरुवातमा सयौं विमान र ट्रेनहरु अवरुद्ध भएका छन् । तुफान प्रभावित क्षेत्रमा मुसलधारे पानी परेको छ भने तीव्र गतिमा हावा चलिरहेको छ । भारी वर्षाका कारण सयौं घरहरु डुबानमा परेका छन् । सियारा तुफानलाई ‘स्ट्रोम अफ सेन्चुरी’ नाम दिइएको छ ।
गत आइतबार भयानक तुफानका बीच स्टोबार्ट एयर फ्लाइटका पाइलटले ब्रिटेनमा बर्मिघम एयरपोर्टमा विमान अवतरण गर्ने प्रयास गरे । उक्त समयमा विमानलाई हावाले यति धेरै दबाब दियो कि विमान नै हलचल भयो । उक्त एयरपोर्टमा राखिएको सीसीटीभि क्यामेरामा कैद भएको भिडियो भाइरल भएको हो ।
उक्त फुटेजमा सियरा तुफानले विमानलाई धक्का दिएको स्पस्ट देखिएको छ । प्लेनले रनवेमा छुनुअघि दायाँ र बायाँ हल्लिरहेको देखिन्छ । डेली मेलका अनुसार स्टोबार्ट एयरको फ्लाइट बेलफास्टबाट भएको थियो ।
भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण