कोरोना भाइरस विरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ ।
संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा यस्तो आह्वान गर्नुभएको हो ।
“हामी सबै एउटै तरिकाले लाग्नु पर्दछ, नकी एक्ला एक्लै,” उहाँले जोड दिएर भन्नुभयो । उहाँले सबै देशहरुले एक अर्कालाई घृणा गर्ने र आलोचना गर्ने कार्य तत्काल बन्द गर्नुेमा पनि जोड दिनुभयो ।
रोगको महामारी विरुद्ध लड्न सबैलाई तयारी अवस्थामा रहन पनि संगठनका प्रमुख टड्रोसले आग्रह गर्नुभयो । उहाँले त्यसका लागि लगानी गर्नु पर्ने बताउनु भयो ।
विश्वमा आतङ्कवाद नियन्त्रणका लागि करोडौँ डलर लगानी भइरहेको स्मरण गराउँदै उहाँले यस्ता रोग नियन्त्रणका लागि भने पर्याप्त लगानी र चासो नदिइएको टिप्पणी गर्नुभयो ।
महामारी रोगहरुलाई नियन्त्रण गर्नका लागि आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा सबै जना एकजुट हुनु पर्ने खाँचो रहेको उहाँको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण