‘हेभी गाउन’ लगाएपछि ४ वटा कुर्सीमा बसिन् उर्वशी, भइरहेकी छिन् ट्रोल
असमको गुवाहाटीमा फिल्मफेयर अवार्ड २०२० को आयोजना गरियो । कार्यक्रममा फिल्मी दुनियाँका थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो । सेलिब्रिटीले प्रत्येक कार्यक्रममा आफूलाई भिन्न देखाउन कुनै कमी हुन दिँदैनन् । यसपटक पनि त्यस्तै देखियो ।
फिल्मफेयर कार्यक्रममा नायिका उर्वशी रौतेलाले धेरैको ध्यान आकर्षित गर्न सफल भइन् । उनले जुन पहिरन लगाएकी थिइन् त्यसकारण उनलाई ट्रोल पनि गरिएको छ ।
वास्तवमा उर्वशी रौतेलाले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् जसमा उनी भारी र ओभरसाइज्ड अफ शोल्डर इम्बेलिश्ड बल गाउन लगाइरहेको देखिएकी छिन् ।
उर्वशीको यो रातो पहिरन चर्चाको विषय बनेको छ । भिडियोमा उनले बस्नका लागि धेरै स्थान ओगटेको देख्न सकिन्छ जसका कारण त्यहाँ भएका धेरै मानिसहरुको ध्यान उनीतर्फ केन्द्रीत भएको पनि देख्न सकिन्छ ।
उर्वशीले भिडियोको क्याप्सनमा लेखिन्, ‘मेरो अद्भुत टिमबिना मेरो सबैभन्दा भारी रेड कार्पेट एक्सपिरियन्स सम्भव हुन सक्दैनथ्यो । म चारवटा सिटमा बसेकी थिएँ । ’
मानिसहरुले उर्वशीको यो पहिरनको निकै आलोचना गरेका छन् ।
कमेन्टमा लेखिएको छ, ‘मानिसहरुले एउटा सिटमा बस्नका लागि पैसा तिरेका हुन्छन्, तर तिमी चारवटा सिटमा बसेकी छौ ?’
अर्का व्यक्तिले कमेन्ट गर्दै लेखे, ‘यति ठूलो ड्रेस लगाउन नै किन पर्यो ? यसमा त एउटा पूरा गाउँलाई कपडा पुग्छ ।’
यस्तै, अर्का व्यक्तिले भने, ‘यसमा त पूरा घरको दुई जोडी कपडा बन्छ ।’
यस्तै, अर्का व्यक्तिले ठट्यौली पारामा लेखेका छन्, ‘यो त रेड भेलभेट केकजस्तो देखिएको छ ।’ यस्तै, अर्का एक व्यक्तिले स्वच्छ भारत अभियानलाई प्रोमोट गरेकोमा धन्यवाद समेत भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण