कोरोनाभाइरसको डरले इटालियन लिगका खेल स्थगित
कोरोनाभाइरस फैलिने त्रासबीच इटालियन लिग अन्तरगत इन्टर मिलान र साम्पडोरियाबीचको खेलसहित अन्य दुई खेल स्थगित गरिएको छ । इटालीका प्रधानमन्त्री जिउसेप्पे कोन्टेले शनिबार पत्रकार सम्मेलन गर्दै खेलहरु स्थगित गरिएको जानकारी दिएका हुन् ।
‘खेलकुद मन्त्री स्पाडाफोराले आइतबार भेनेटो र लोम्बार्डी क्षेमा खेलाइने सबै खेल स्थगित गर्न सुझाव दिएका छन्,’ कोन्टेले भनेका थिए । योसँगै भेरोना र काग्लियारी तथा एटलान्टा र सासुलोबीचको खेल पनि रद्द भएको छ । इन्टर मिलानले आफ्नो ट्वीटरबाट सान सिरोमा खेलिने खेल स्थगित भएको जानकारी दिएको थियो ।
🚨 | OFFICIAL STATEMENT#InterSampdoria, which was due to take place at 20:45 CET on Sunday 23 February, has been postponed to a later date 👉 https://t.co/K6BtBQ4QRx#FCIM
— Inter (@Inter_en) February 22, 2020
लोम्बार्डीमा कोरोना भाइरसबाट संक्रमित महिलाको मृत्यु भएपछि खेलहरु स्थगित गर्ने निर्णय लिएको हो । २४ घण्टाको अन्तरमा इटालीमा कोरोनाभाइरस संक्रमित दुई जनाको मृत्यु भएको छ ।
कोभीड–१९ नाम दिइएको यस रोगबाट हालसम्म चीनमा ७५ हजार ५६७ जना संक्रमित भएका छन् भने २ हजार २३९ जनाको मृत्यु भइसकेको छ ।
चीनभन्दा बाहिर २६ देशमा १२ सय जनामा यो रोगको संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण