ब्राजिलसम्म पुग्यो कोरोनाभाइरस, प्रभावित हुने देशको सङ्ख्या ४४
चीनबाहिर नोबेल कोरोनाभाइरस तीव्ररुपमा फैलिन थालेको छ । पछिल्लो पटक ल्याटिन अमेरिकी देश ब्राजिलमा पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको हो । योसँगै पहिलो पटक चीनमा भन्दा चीनबाहिर नयाँ संक्रमितको सङ्ख्या बढी देखिएको छ ।
आधिकारिकरुपमा कोभिड–१९ नाम दिइएको यस रोगले हालसम्म २७ सयभन्दा बढीको ज्यान लिइसकेको छ भने ४४ देशहरुमा ८१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यसमध्ये धेरै चीनमा रहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चीनमा कोरोनाभाइरसबाट संक्रमित हुने नयाँ रोगीको सङ्ख्या ४११ भएको जनाएको छ भने चीनबाहिर यो सङ्ख्या ४ सय २७ रहेको थियो ।
‘हिजो पहिलोपटक चीनमा भन्दा चीनबाहिर नयाँ संक्रमितको सङ्ख्या बढी देखिएको थियो,’ डब्लुएचओका निर्देशक टेद्रोस अधानोम घेब्रेसियसले बुधबार भनेका थिए ।
विश्वब्यापीरुपमा कोरोनाभाइरस फैलिन थालेपछि बुधबार चीनले कोरोनाप्रभावित बाहिरी मुलुकबाट आफ्नो राजधानी बेइजिङमा आउने नागरिकहरुलाई १४ दिनको ‘सेल्फ क्वारेन्टाइन’ मा जाने घोषणा गरेको छ ।
यता, ब्राजिलमा इटालीबाट फर्किएका एक ६१ वर्षीय बृद्धमा कोरोनाभाइरस देखिएको जनाएको छ । इटाली युरोपमा कोरोनाभाइरसको ‘हटस्पट’ बनेको छ ।
ग्रीसमा पनि बुधबार पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको छ भने स्पेन, क्रोएसिया, अस्ट्रिया, उत्तर मेसेडोनिया र अल्जेरियामा पनि संक्रमित फेला परेको बताइएको छ ।
इटालीमा हालसम्म ३ सय ७४ जना कोरोना संक्रमित फेला परेका छन् भने १२ जनाले ज्यान गुमाइसकेका छन् ।
मध्यपूर्वमा इरान कोरोनाको केन्द्रविन्दु बनेको छ । त्यहाँ १ सय ३९ जनामा यो रोग देखापरेको छ भने १९ जनाले यसबाट ज्यान गुमाएका छन् ।
उता, चीनपछि दक्षिण कोरिया सबैभन्दा प्रभावित देखिएको छ । बुधबार त्यहाँ २ सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै त्यहाँ संक्रमितको सङ्ख्या १२ सय ६१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण