एनआइसी एसिया बैंकका ग्राहकहरुलाई वाल क्लाइम्बिङमा विशेष छुट
काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेड र अष्ट्रिक क्लाइम्बिङ वाल प्रालिबीच सेवामा विशेष छुट उपलब्ध गराउने समझ्दारी भएको छ । उक्त समझ्दारीपत्रमा बैंकको तर्फबाट बैंकका बागमती प्रदेश डिजिटल सेल्स प्रमुख राम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घलेले हस्ताक्षर गरेका छन्। उक्त समmझदारीअनुसार यस बैंकका ग्राहकहरुले बैंकको डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ठमेलमा रहेको वाल क्लाइम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट हुनेछ ।
साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझ्दारीअनुसार ५० प्रतिशत छुट हुने जनाइएको छ । उक्त सुविधा १ वर्षसम्म लागू हुनेछ । यो समझ्दारीले यस खेलमा रमाउन चाहने सबैका लागि लाभदायी हुने बैंकले विश्वास लिएको छ । त्यस्तै बैंकले डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवाग्राहीहरुलाई कार्ड तथा मोबाइल बैंकिङका माध्यामबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटाभन्दा बढी मर्चेन्टहरुबाट आकर्षक छुट प्राप्त गर्न सक्ने जनाएको छ । उक्त छुट देशभर रहेका विभिन्न ख्यातिप्राप्त अस्पतालहरु, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरुबाट सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण