५० वर्षपछि फ्लोरिडामा भेटियो रेनबो सर्प, यो सुन्दर सर्पमा हुँदैन विष
शनिबार, १७ फागुन २०७६, ०९ : ५४
संसारमै दुर्लभ रेनबो सर्प भेटिएको छ । लगभग ५० वर्षपछि अमेरिकाको फ्लोरिडामा रेनबो सर्प भेटिएको हो । ट्रेसी क्याथेन नामका एक पदयात्रीले ४ फुट लामो उक्त सर्पको तस्बिर खिचेका थिए ।
ओकला नेशनल फरेस्टको फेसबुकमा शेयर गरिएको उक्त तस्बिरमा रातो र पहेँलो रङको सर्प रेनबो सर्प भएको फ्लोरिडास्थित नेचुरल हिस्ट्री संग्रालयले पुष्टि गरेको छ । यो सर्प सन् १९६९ मा पहिलो पटक भेटिएको थियो ।
उक्त संग्रालयका अनुसार यो सर्पमा विष हुँदैन । यो सर्प लोप भइसकेको थियो । उक्त सर्पको रक्षाको लागि बायोलोजिकल डाइभर्सिटी सेन्टरले २०१० मा निवेदन दिएको थियो ।
नेचुरल हिस्ट्री संस्थानका अनुसार सरकारले सर्वेक्षण नै नगरी उक्त सर्प लोप भइसकेको घोषणा गरेको थियो । सरकारले उक्त सर्प भएको प्रमाण दिनेलाई ५०० डलरको पुरस्कार दिने घोषणा समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण