यात्रुले खचाखच भरिएको पानीजहाजका क्याप्टेन जब पानीमा हामफाले...
म्यानमार : म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले भरिएको एउटा पानीजहाजका क्याप्टेन अचानक पानीमा हामफालेको घटना अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको छ ।
समाचार एजेन्सीहरुका अनुसार केही दिन अघि उनी याङ्गुन नदीमा डुब्न लागेकी महिलालाई बचाउनका लागि पानीजहाजबाट हामफालेका हुन् ।

६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हामफालेर ती महिलालाई बचाएका थिए ।
‘हाम्रो जहाज डाला पोर्टबाट प्रस्थान गरिरहेको थियो,’ क्याप्टेन एइले भने, ‘एक महिला अचानक जहाजबाट पानीमा खसिन्, महिला खसेकै ठाउँमा अर्को जहाज आउँदै थियो, उनलाई तत्काल उद्धार नगरिएको भए अर्को जहाजको चपेटामा उनी आउने थिइन्, अनि म हामफालेँ ।’

क्याप्टेन एइ विगत ४० वर्षदेखि जहाजमा काम गर्दै आएका छन् । ‘यतिका वर्ष मैले यति धेरै मानिसलाई यसरी बचाइसकेको छु कि उनीहरुको संख्या पनि मलाई याद छैन,’ उनले भने, ‘अब म बुढो भइसकेँ, म मरेँ भने पनि फरक पर्दैन, म हुँदाहुँदै कुनै युवा डुबेर मर्नु भएन, त्यही सोचेर म जहाजबाट हामफालेको थिएँ ।’

उनले ३४ वर्षीया महिला किन चान म्यालाई सकुशल उद्धार गरेका हुन् । क्याप्टेन एइलाई जहाजका अन्य क्रु र यात्रीले समेत महिलाको उद्धारमा सहयोग गरेका थिए ।

उद्धारपछि ती महिलालाई स्थानीय अस्पताल लगिएको थियो । उनको अवस्थामा सामान्य रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण