दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमणको स्तर चीनमा भन्दा बढी
शुक्रबार दक्षिण कोरियामा ५९४ नयाँ कोरोनाभाइरस संक्रमित भेटिए । यो संख्या शुक्रबार नै चीनमा भेटिएका नयाँ संक्रमितभन्दा बढी हो ।
कोरोनाभाइरसको उद्गमस्थल तथा सबैभन्दा प्रभावित देश चीनमा पछिल्लो समय नयाँ संक्रमितको संख्या घट्न थालेको छ ।
शुक्रबार चीनमा ४२८ नयाँ संक्रमितको पहिचान भएको थियो । भाइरसबाट मर्नेको हकमा भने चीननै अगाडि छ । चीनमा हिजो दिनभर ४७ व्यक्तिको मृत्यु भयो ।
चीनमा कोरोनाभाइरसका कारण हालसम्म २८३५ को मृत्यु भइसकेको छ । त्यस्तै हालसम्म कोरोनाभाइरसबाट संक्रमितको संख्या ७९२५२ रह्यो ।
उता दक्षिण कोरियामा संक्रमितको कुल संख्या २९३१ पुगेको भने कोरोनाभाइरसका कारण १७ को मृत्यु भएको छ ।
नयाँ प्रमाणित संक्रमितको संख्याको हिसाबमा दक्षिण कोरियाले चीनलाई पछि पारेसँगै त्यहाँ चिन्ता बढेको छ ।
दक्षिण कोरियामा अधिकाशं कोरोनाभाइरस संक्रमित देशको दक्षिण पूर्वी भागमा तेगु सहरमा देखिएको छ ।
तेगुको प्रकोपपछाडि एक क्रिश्चियन समूह सिन्चेओन्जी चर्चसमूहसँग जाडिएको छ । केहीले उक्त चर्चलाई धार्मिक पन्थको रुपमा हेर्ने गर्छन् ।
अधिकारीका अनुसार सहरमा उक्त समूहले आयोजना गरेको एकका भेलामा सदस्यले एकअर्कालाई संक्रमित गरेका थिए । संक्रमणको स्तर पहिचान हुनु अघि त्यसले विकराल रुप लिइसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण