निर्भयाका दोषी पवन कुमारको क्युरेटिभ पिटिशन खारेज, अब दया याचिका मात्रै बाँकी
सर्वोच्च अदालतले सोमबार निर्भयाका चार दोषीमध्ये एक पवन गुप्ताको क्यूरेटिव पिटिशन खारेज गरेको छ । पवनले मृत्युदण्डको सजायलाई जन्मकैदमा परिवर्तन गर्न आग्रह गरेका थिए ।
आइतबार उनका वकिल एपी सिंहले भनेका थिए, ‘यो मृत्यु दण्डको सजाय भएकोले यसको पिटिशन खुल्ला इजलासमा सुनुवाई हुनुपर्छ ।’
पटियाला हाउस कोर्टले तेस्रो डेथ वारेन्ट जारी गर्र्दै चारै जनालाई फाँसी दिनका लागि मार्च ३ को निश्चित गरेको थियो ।
यसअघि शनिबार दोषी अक्षय सिंहले पटियाला हाउस कोर्टमा अपिल दर्ता गरेर मार्च ३ मा हुने मृत्युदण्डमाथि रोकको माग गरेको थियो । यसमा कोर्टले तिहाड जेल प्रशासनलाई नोटिस जारी गर्दै २ मार्चसम्म जवाफ मागेको थियो । अक्षयले याचिकामा आफूले नयाँ दया याचिका राष्ट्रपतिलाई पठाएको र यसको अहिलेसम्म निर्णय नभएको बताएको छ । उनका वकिलका अनुसार पछिल्लो दया याचिकामा पूर्ण तथ्य थिएन त्यसकारण त्यो खारेज भएको थियो ।
निर्भयाका चार दोषीमध्ये एक पवनसँग मात्रै कानूनी विकल्प बाँकी छ । अन्यय तीन दोषी विनय शर्मा, मुकेश सिंह र अक्षय ठाकुरले पहिले नै उपलब्ध विकल्प प्रयोग गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण