कोरोना भाइरसबाट संक्रमित भएको हो कि भन्ने डर थियो, श्रीमतीलाई बाथरुममा थुनिदिए
एक व्यक्तिले कोरोना भाइरसबाट संक्रमित हुने डरले श्रीमतीलाई बाथरुममा थुनेका छन् । एक चिनियाँ महिलालाई भेटेपछि श्रीमतीलाई कोरोना भाइरस लाग्यो कि भन्ने डरले ती व्यक्तिले यस्तो गरेको बताइन्छ ।
बाथरुममा थुनिएपछि श्रीमतीले पुलिसलाई फोन गरेकी थिइन् । त्यसपछि पुलिसले उनीहरु बसिरहेको अपार्टमेन्टमा आएर महिलालाई छुटाए । श्रीमान्ले डाक्टरसँगको कुराकानीपश्चात् बाथरुममा बन्द गर्ने निर्णय लिएको दाबी गरे ।
डेली मेलको रिपोर्ट अनुसार श्रीमतीलाई कोरोना भाइरसको डरले बाथरुममा बन्द गरेको यो घटना युरोपको लिथुआनियाको लिवनिअसको हो । स्वास्थ्य परीक्षणमा महिलालाई कोरोना भाइरसको कुनै पनि संक्रमण नदेखिएको स्रोतले बताएको छ ।
श्रीमतीले श्रीमानमाथि आपराधिक कारवाही नगर्ने निर्णय गरिन् त्यसकारण श्रीमान् गिरफ्तारीबाट बचेका छन् ।
खासमा के भएको रहेछ भने श्रीमती एक चिनियाँ महिलालाई भेटेर आएको भन्ने थाहा पाएपछि श्रीमान् डराएका रहेछन् । स्मरण रहोस्, लिथुआनियामा अहिलेसम्म कोरोना भाइरसको एकजना पनि संक्रमित भेटिएका छैनन् ।
संसारका करिब ७० देशमा कोरोना भाइरसको संक्रमण पुगेको छ । यसमा चीन, इरान र दक्षिण कोरियामा सबैभन्दा धेरै मामला सार्वजनिक भएका छन् ।
संसारभरी कोरोनाभाइरसका ९० हजार ९ सय ३२ संक्रमित छन् भने यसबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १९ छ । साथै ४८ हजार १ सय ७४ निको भएर घर फर्केका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण