खतिवडाको दोस्रो इनिङ चुनौतीपूर्ण
राष्ट्रिय सभामा २ वर्षे पदावधि सकिएपछि मंगलवार राजीनामा दिएका डा. युवराज खतिवडाले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
तर, पहिलो कार्यकालमा आफैले राखेको आर्थिक सूचकांकको लक्ष्य भेट्न उनलाई सकस पर्ने देखिएको छ ।
सत्तारूढ पार्टी्भित्रै तीव्र विवादका बीच प्रधानमन्त्री ओलीको दह्रो साथ पाएर पुनः मुलुकको अर्थतन्त्रको कमान सम्हालेका खतिवडाको दोस्रो कार्यकाल चुनौतीपूर्ण देखिएको छ ।
कमजोर पूँजीगत खर्च तथा राजस्व असुली, निजीक्षेत्रको घट्दो मनोबललगायत समस्या सम्बोधन गर्नुपर्ने त थियो नै, अब कोरोना भाइरसको बहुआयामिक असरबाट अर्थतन्त्रलाई जोगाउने थप जिम्मेवारी उनको काँधमा छ । बुधवार पदबहाली गरेलगत्तै उनले यो चुनौतीको सामना गर्न काम शुरू गर्ने बताए पनि त्यो त्यति सहज हुनेछैन ।
खतिवडाले चालू आवको बजेटको मध्यावधि समीक्षामा खर्च र राजस्वको लक्ष्य घटाए तर ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य घटाएनन् । उल्टै आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने उनको दाबी थियो । तर, कोरोनाका कारण त्यो लक्ष्य पूरा नहुने स्पष्टै भएको छ । साथै, यस वर्ष विकास खर्च ८० प्रतिशत हुने अर्थमन्त्रीको अनुमान पनि पूरा हुन कठिन छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण