पत्रकार पन्तलाई ‘इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स अवार्ड’
पत्रकार तथा मिडिया शोधकर्ता लक्ष्मणदत्त पन्तले ‘इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स’ अवार्ड पाएका छन् ।
भारतको बेंग्लोरमा आयोजित १४ औं ‘ग्लोबल कम्युनिकेसन कनक्लेभ’ मा ‘पब्लिक रिलेसन काउन्सिल अफ इन्डिया’ले शुक्रबार पन्तलाई सो अवार्ड प्रदान गरेको हो ।
विश्वभरीबाट भेला भएका सञ्चारकर्मी, जनसम्पर्क तथा मिडिया विज्ञहरुको उपस्थितीमा प्रदान गरिएको उक्त अवार्ड अन्तराष्ट्रिय सञ्चार क्षेत्रको उत्कृष्ट अवार्ड मानिन्छ।
पन्तले सञ्चार, मिडिया विकास तथा अनुसन्धानका क्षेत्रमा अन्तराष्ट्रिय रुपमा पुर्याएको योगदानका लागि काउन्सिलले उक्त अवार्ड दिएको हो ।
बैतडीको दशरथचन्द नगरपालिका नागार्जुनमा जन्मेका पन्त विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता, मिडिया विकास र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा काम गरिरहेका छन् ।
करिब एक दर्जन पुस्तकका लेखक, नेपाल, भारत, चीन, मलेशिया, श्रीलंका, बंगलादेश र फिनल्याण्डका विश्व विद्यालयहरुमा पत्रकारिता शिक्षण र सोधमा संलग्न पन्तका अन्तराष्ट्रिय जर्नलहरुमा मिडियासम्बन्धी शोधमूलक लेखहरु समेत प्रकाशित भएका छन्।
पन्त विश्व प्रसिद्ध एकेडेमिक प्रकाशन गृह आइजीआई ग्लोबलको मिडिया सिरिज पुस्तकहरुको सल्लाहकार सम्पादक समेत हुन्।
पत्रकार पन्त विश्व सञ्चार परिषद् (डब्लुसीसी) नेपाल च्याप्टरको अध्यक्ष समेत हुन् । उनी मानवअधिकार क्षेत्र तथा संयुक्त राष्ट्र संघका विभिन्न निकायमा एक दशक सञ्चार विज्ञ तथा सल्लाहकारका रुपमा सेवा प्रदान गरिसकेका छन् ।
हाल मिडिया एक्सन नेपालका अध्यक्ष पनि हुन् । ११ वर्ष अघिदेखि विश्वव्यापी रुपमा प्रदान गरिंदै आएको उक्त अवार्ड पाउने पन्त पहिलो नेपाली हुन्।
सो कार्यक्रममा नेपालबाट डब्लुसीसी नेपाल च्याप्टरका अध्यक्ष पन्तसहित कोषाध्यक्ष आरती शिल्पकार, सह सचिव सुरेशकुमार यादव, सदस्यहरू राधा खनाल, यमबहादुर दुराको सहभागिता थियो । कार्यक्रम शनिबारसम्म चल्नेछ ।
विश्वका विभिन्न देशबाट पत्रकार आउने कार्यक्रम भएपनि कोरोना भाइरसका कारण नेपाल, वंगलादेश, बेलायत, भारत र आफगानिस्तानका पत्रकारहरु मात्र सहभागी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण