१०३ वर्षका दुलहा, २७ वर्षकी दुलहीः विवाहमाथि प्रश्नको ओइरो
इन्डोनेशियामा १०३ वर्षका वृद्धाले आफूभन्दा करिब ७६ वर्ष कान्छी महिलासँग विवाह गरेर चर्चामा छाएका छन् । १०३ वर्षका पुआंग कट्टेले २७ वर्षकी इन्डो अलंगसँग विवाह गरेका छन् । फेसबुक र ट्वीटरमा विवाहको तस्बिर अत्यधिक चर्चित भएपछि यो अरेन्ज म्यारिजविरुद्ध आवाज उठेको छ । कतिले यो विवाह वास्तविक नभएको बताएपनि इन्डोनेशियाका समाचार एजेन्सीले यसबारे पुष्टि गरेको छ ।
स्थानीय मिडियाको रिपोर्ट अनुसार पुआंग एक डच कर्नल हुन् जसले सन् १९४५–१९४९ को युद्ध लडेका थिए ।
‘हो, यो साँचो हो । यो विवाह आज दिउँसो जालान गालिको स्ट्रिटमा भएको बेहुलीको घरमा आयोजना भएको हो,’ आयु अन्ग्रेनी मुचातार, बेहुलाका आफन्तले स्थानीय समाचार एजेन्सी लिपुतानसिक्सलाई भने । ‘मलाई उनको सही उमेर थाहा छैन तर उनी पक्कै पनि सय वर्ष माथिका हुन्, उनी डच कोलोनियल वार फाइटर हुन् । उनकी श्रीमती २० वर्षको हाराहारीमा छिन् ।’
ट्रिबन न्यूजले पछि नव विवाहित जोडीको निश्चित उमेर उल्लेख गरेको छ । ट्रिबनले कट्टे १ सय ३ वर्ष र अलंग २७ वर्ष भएको पुष्टि गरेको छ । यी दुई बीचको ७६ वर्षको उमेर भिन्नताले सबै चकित छन् । सन् २०१७ मा पनि अडिटी सेन्ट्रलले ७१ वर्षीया महिलाले १६ वर्षे किशोरसँग विवाह गरेको समाचार प्रकाशित गरेको थियो । यसका साथै इन्डोनेशियाली मिडियाले १ सय ३ वर्षका पुरुषले आफूभन्दा ६६ वर्ष कान्छी युवतीसँग विवाह गरेको समाचार प्रकाशित गरेको थियो ।
फेसबुक तथा ट्वीटरमा सार्वजनिक भएको भिडियोमा वृद्ध दुलहालाई एक व्यक्तिले डाहोर्याउँदै विवाह स्थलसम्म पुर्याएको देख्न सकिन्छ । कतिले यो विवाहमाथि प्रश्न तेर्साएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण