के गर्मी लागेपछि पनि जारी रहन्छ कोरोनाभाइरसको संक्रमण ?
कोरोनाभाइस एउटा निश्चित तापक्रममा तीव्र विस्तार हुने एउटा चिनियाँ अध्ययनले देखाएको छ ।
ग्वाङ्झाउस्थित सन यात सेन विश्वविद्यालयको एक अनुसन्धान समूहले उक्त अध्ययन गरेको थियो ।
अध्ययनकर्ताले नयाँ कोरोनाभाइरसको विस्तारमा तापमान परिवर्तन र ऋतु परिवर्तनको असर मूल्यांकन गरेका थिए ।
अध्ययनपछि उक्त अनुसन्धान समूहले भाइरस तापमानको घटबडमा अत्यन्त संवेदनशील रहेको पत्ता लगायो ।
ग्वाङझाउ अनुसन्धान समूहले जनवरी २० र फेब्रुअरी ४बीचमा विश्वभर भेटिएका सबै कोरोनाभाइरसको स्याम्पललाई अध्ययनमा प्रगोग गरेको थियो ।
त्यसपछि तिनलाई प्रभावित स्थानको तापमानका आधारमा तिनको प्रसार हेरिएको थियो ।
अध्ययनमा भाइरसको मूल्याकंनबाट कोरोनाभाइरस सबैभन्दा बढी ८.७२ डिग्री सेल्सियसमा विस्तार भएको देखियो । त्यसभन्दा बढी तापक्रममा भाइरसको विस्तार कम भएको अध्ययनले बताएको छ ।
तर विश्व स्वास्थ्य संगठनले भने तापमान वृद्धि हुँदा भाइरस स्वतः कमजोर हुन्छ भनेर पक्का गर्नु खतरनाक हुन सक्ने तथ्यमा सतर्क गराएको छ ।
‘पूर्ण रुपमा प्रमाण नभेटिएकाले कोरोनभाइरस फ्लूजस्तै गर्मीमा स्वतः हराउँछ भन्ने सोच्नु झुटो आशा मात्र हुनसक्छ ,’ विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइक ¥यानले भने ।
संगठनले भाइरस नियन्त्रण नभएसम्म सुझाईएका कदम कार्यन्वयन गर्न आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण