जब धाराबाट पानी होइन, वाइन झर्न थाल्यो
भान्सामा भएको धारोबाट पानीको सट्टा वाइन बगेको कसलाई मन नपर्ला र ? धाराबाट पानीको सट्टा वाइन झरिदियोस् भनेर कतिले त सपना पनि देख्नुभएको होला ।
बुधबार उत्तर इटालीको क्यास्टेलभेट्रो गाउँका वासिन्दाहरुका लागि केही घण्टा कै लागि भए पनि यो सपना वास्तविकता बनेको थियो । घरमा भएका हरेक धाराबाट वाइन बगेको थियो ।
स्थानीय वाइन निर्माता कम्पनीमा देखिएको प्राविधिक गडबडीका कारण बोतलमा प्याकिङ गर्न तयार गरिएको १ हजार लिटर वाइन पानीको पाइपलाइनमा पुगको थियो । जहाँबाट त्यो मानिसहरुको घर–घरमा पुगेको थियो ।
क्यास्टेलभेट्रोका उपमेयर जिओर्जिया मेजाक्कुयीका अनुसार यो करिब ३ घण्टासम्म देखिएको थियो भने यसबाट करिब २० घर प्रभावित भएका थिए ।
स्थानीय सरकारले आफ्नो फेसबुकमा पोष्ट गर्दै यसले मानिसको स्वास्थ्यमा भने कुनै नकारात्मक असर नगर्ने बताएको छ ।
इटालीको उत्तरी भागमा यतिबेला कोरोनाभाइरसको व्यापक संक्रमण देखिएको छ । त्रासका बीच यस घटनाले केही बेर मानिसहरुलाई राहत दिएको मेजाक्कुयी बताउँछिन् । ‘हामीसँग यतिबेला मुस्कुराउने कुरा धेरै छैन, यो घटनाले केही समयका लागि पनि राहत दिएको छ,’ उनले सीएननसँग भनिन् ।
क्यान्टिना सेटेकानी वाइनरीका अनुसार बटलिङ लाइनमा रहेको वासिङ सर्किटको भल्भमा प्राविधिक गडबडी भएपछि यस्तो समस्या देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण