प्रेमिकाले प्रेमीलाई बाइक नभएको भन्दै गिज्याइन्, प्रभावित पार्न चोरे ८ मोटरसाइकल
आठ वटा मोटरसाइलक चोरेर प्रेमिकालाई प्रभावित पार्न खोज्ने नयाँ दिल्लीका एक युवकलाई गत शनिबार पक्राउ गरिएको छ । उनकी प्रेमिकाले बाइक नभएको भन्दै गिज्याएपछि ती युवकले यस्तो कदम उठाएको बताइन्छ ।
अडिटी सेन्ट्रलका अनुसार ललित नामका ती व्यक्तिले प्रेमिकालाई प्रभावित पार्न नयाँ दिल्लीमा विभिन्न पार्टीको आयोजना गर्ने गर्थे । तर गत महिना भ्यालेन्टाइन्स डेमा प्रेमिकाले उनलाई आफ्नै मोटरसाइकल नभएको भन्दै गिज्याइन् । उनले भनेको सही थियो तर प्रेमीलाई उनको कुराले घोच्यो तसर्थ आफ्ना साथीसँग मिलेर ललितले प्रेमिकाका लागि एउटा होइन थुप्रै मोटरसाइकल ल्याउन सक्छु भनेर देखाउने निश्चित गरे । तर, दुर्भाग्यवश उनको यो योजनाले उनलाई जेलसम्म पुर्यायो ।
Bhopali Boyfriends beware!! #Bhopalpolice would love such a story too.https://t.co/vU4StrJc3D
— Bhopal_Police (@bhopal_police) March 8, 2020
ललित र उनका साथी साहिदले आफूले जतिसक्दो धेरै महँगो मोटरसाइकल चोर्ने निश्चित गरे । सुरुमा सबै कुरा राम्रै चल्यो । उनीहरुले केही महँगा दुई पाङ्ग्रे चोर्न सफल भए तर उनीहरुको यस्तो व्यवहारले पुलिसको ध्यान आकर्षित गर्यो ।
मार्च ६ तारिखमा पुलिसले दुई संदिग्ध द्वार्का एरियामा भएको खबर पाए । तसर्थ पुलिसले उनीहरुलाई पछ्याउने निश्चित गरे । जब पुलिसले लाइसेन्स प्लेट नभएको एउटा महँगो बाइकमा सवार दुई युवालाई देखे तब उनीहरुलाई रोकियो । उक्त बाइक फेब्रुअरी २१ तारिखमा दिल्लीको बिन्दापुरमा चोरी भएको पुष्टि भयो ।
यी दुईले आफ्नो अपराध स्विकार गर्दै आफूहरुले विभिन्न स्थानबाट ८ वटा मोटरसाइकल चोरेको पुलिसलाई जानकारी दिए । किन यस्तो अपराध गरेको भनेर प्रश्न सोध्दा, ललितले आफ्नी प्रेमिकालाई प्रभावित पार्न यस्तो गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण