पूर्वमन्त्री शेर्माको निधन
पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको बुधबार अपराह्न ४ बजे निधन भएको छ ।
काठमाडौँको निदान हस्पिटल पुल्चोकमा उपचारका क्रममा उनको निधन भएको हो ।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत थिए । विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मनुभएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए । उनले नेपाली काँग्रेस पाँचथरको दुईपटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए ।
विसं २०५७ मा भएको १०औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनमा शेर्र्मा जिल्ला सभापतिमा निर्वाचित भएका थिए । यस्तै उनी पार्टीको तिनै महाधिवेशनबाट दुईपटक केन्द्रीय सदस्यमा निर्वाचितसमेत भएका थिए ।
शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत हुनुभएको थियो । शेर्मा दुई श्रीमतीमध्ये कान्छी जनिमायाँ मगरको साथमा काठमाडौँ बस्दै आएका थिए । उनका दुई छोरा र पाँच छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण