बेहुली नलिई फर्कियो जन्ती
महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई बालविवाहको घटना रोकिएको छ । गल्छी गाउँपालिका–६ बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका–६ मिलनटार गएको जन्ती आज बेहुली नलिई फर्केको छ ।
अठार वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर विवाह रोकेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिए ।
उन्तीस वर्षीय बेहुलाले १८ वर्षीया बालिकालाई विवाह गर्न लागेको सूचना महिला अधिकारकर्मीले इलाका प्रहरी कार्यालय गजुरीमा दिएका थिए ।
आमा समूहमा आबद्ध महिला अधिकारकर्मीले बालविवाहको घटना बढेको अवस्थामा उजुरी गर्न बाध्य भएको बताएका छन् ।
यसैगरी नीलकण्ठ नगरपालिका–६ का १७ वर्षीय बालक र १६ वर्षीया बालिकाबीच विवाह भएको सूचनापछि प्रहरीले बालकलाई पक्राउ गरेको छ । बालिकालाई ‘सेफहाउस’मा पठाइएको छ ।
उनीहरुले यही फागुन २ गते भागेर विवाह गरेको जनाए पनि महिला अधिकारकर्मीको उजुरीका आधारमा बालविवाह रोकिएको र फागुन २७ गते बालविवाह मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण