यो हो संसारको सबैभन्दा ‘डरलाग्दो’ बिरालो, इन्स्टाग्राममा छन् २२ हजार बढी फलोअर्स
सोसल मिडियामा आजकाल जनावरसम्बन्धि विभिन्न भिडियो छाइरहन्छन्, कुनै निकै मायालु हुन्छन् त कुनै दयालु । कति निकै क्युट हुन्छन् भने कुनै त डरलाग्दो पनि ।
यहाँ हामी एउटा यस्तो बिरालोबारे कुरा गर्दैछौं जुन झट्ट हेर्दा डरलाग्दो छ । यो बिरालो स्विटजरल्याण्डको रुटी शहरमा बस्छ ।
जेरदान नामको यो बिरालोको इन्स्टाग्राम प्रोफाइल पनि छ जसमा २२ हजार बढी फलोअर्स छन् । उक्त बिरालोको हरेक फोटोमा हज्जारौं लाइक्स पनि आउँछन् । जेरदानको ६ वर्षको बिरालो हो ।
लगभग सबैजसो बिरालोको शरीरमा नरम रौं हुन्छन् जसका कारण यी सुन्दर देखिन्छन् तर यो बिरालोको शरीरमा रौं नभएका कारण यो डरलाग्दो देखिएको हो । बिरालोकी मालिक स्यान्ड्रा फिलिप्पी आफ्नो बिरालोलाई धेरै माया गर्छिन् । उनी आफ्नो बिरालो असाध्यै राम्रो भएको बताउँछिन् ।
जेरदानको छाला चाउरी परेका छन् । बिरालोको केही फोटोमा मानिसहरुको केही कमेन्ट देखेर स्यान्ड्रा निकै रिसाएकी पनि छिन् । कतिले यो बिरालोको तुलना एलियनसँग गरेका छन् ।
कतिले पनि उक्त बिरालोलाई सुन्दर बताउँदै दोस्ती गर्न चाहेको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण