बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नुनमा कालोबजारी गर्नेलाई कारबाहीको माग

शनिबार, ०१ चैत २०७६, १२ : १९
शनिबार, ०१ चैत २०७६

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले डिलर, थोक तथा खुद्रा बिक्रेतालाई नुनमा कालोबजारी नगर्न अपील गरेको छ ।

कर्पोरेशनका डिभिजन म्यानेजर ब्रजेशकुमार झाले कोरोना भाइरसको त्रास फैलाएर कालोबजारी नगर्न आग्रह गरेका हुन् ।

शुक्रबार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको  अनुगमन टोलीले कास्कीको पोखरामा नुनमा कालोबजारी भइरहेको भेट्टाएको थियो ।

साल्ट ट्रेडिङ यस्तो कार्य नगर्न सबै डिलर, थोक तथा खुद्रा बिक्रेतालाई आग्रह गरेको हो । म्यानेजर झाले कालोबजारी गर्नेलाई कारबाही गर्न समेत माग गरे ।

उनले नुनको मौज्दात र आपूर्तिमा समस्या नरहेको पनि जानकारी दिए । उनका अनुसार कर्पोरेसनसँग अहिले १ लाख ५८ हजार मेट्रिक टन नुनको स्टक रहेको छ ।

स्टक नुन नै करिब १० महिनाको बजारको माग धान्ने र अहिले भारतबाट नियमित रुपमा नुनको आयात भइरहेको पनि उनले जानकारी दिए । अहिले बजारमा मासिक १६ हजार मेट्रिकटन नुनको खपत हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप