नुनमा कालोबजारी गर्नेलाई कारबाहीको माग
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले डिलर, थोक तथा खुद्रा बिक्रेतालाई नुनमा कालोबजारी नगर्न अपील गरेको छ ।
कर्पोरेशनका डिभिजन म्यानेजर ब्रजेशकुमार झाले कोरोना भाइरसको त्रास फैलाएर कालोबजारी नगर्न आग्रह गरेका हुन् ।
शुक्रबार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको अनुगमन टोलीले कास्कीको पोखरामा नुनमा कालोबजारी भइरहेको भेट्टाएको थियो ।
साल्ट ट्रेडिङ यस्तो कार्य नगर्न सबै डिलर, थोक तथा खुद्रा बिक्रेतालाई आग्रह गरेको हो । म्यानेजर झाले कालोबजारी गर्नेलाई कारबाही गर्न समेत माग गरे ।
उनले नुनको मौज्दात र आपूर्तिमा समस्या नरहेको पनि जानकारी दिए । उनका अनुसार कर्पोरेसनसँग अहिले १ लाख ५८ हजार मेट्रिक टन नुनको स्टक रहेको छ ।
स्टक नुन नै करिब १० महिनाको बजारको माग धान्ने र अहिले भारतबाट नियमित रुपमा नुनको आयात भइरहेको पनि उनले जानकारी दिए । अहिले बजारमा मासिक १६ हजार मेट्रिकटन नुनको खपत हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण