यसरी बनाइन्छ बिस्केट जात्राको रथ (फोटोफिचर)
काठमाडौं । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्राको रथ बनाउन सुरु गरिएको छ । वर्ष नयाँ वर्ष आगमनको चार दिनअघिदेखि पाँचतले मन्दिरअगाडि राखेर प्यागोडा शैलीमा काठैकाठबाट तीनतले रथ
बनाइन्छ।

त्यसका लागि एक महिना अघिनै त्यसको आवश्यक काठ जुटाएर त्य सकाे आकार दिने गरिन्छ । जसमा कासी, बेलासी, चिलाउने जातका काठबाट प्रयोग गरिन्छ ।

यस्तै रथ बनाउँदा ६ वाइ ६ को २२ फिट लामो सालको ४ वटा गल प्रयोग गरिन्छ । यस्तै मोटा मोटा ट्वाकलहरु प्रयोग गरिन्छ । त्यसले रथ हल्लिदा पनि भाचिन दिँदैन । ७० वर्षपहिले जुन काठबाट रथ बनाइन्थ्यो अहिले पनि त्यही काठबाट रथ तयार गरिन्छ ।
उक्त रथ तान्न शुरु गरेसँगै जात्रा प्रारम्भ हुने प्रचलन छ। नयाँ वर्षका दिने देखि सुरु भएर आठ रात नौ दिन मनाइने जात्रामा रथ तान्ने र लिंगो उठाउने कुरालाई मुख्य आकर्षण मानिन्छ ।

जात्राको पहिलो दिन रथमा खड्ग, तरबार र निशान राखेर विशेष पुजारीद्वारा पूजाआजा तथा स्थानीयवासीले समेत छुट्टा–छुट्टै पूजाआजा गरिसकेपछि रथ तानेर जात्रा सुरु गरिन्छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण