बलिउड नायिका सोनम कपुर आइसोलेशनमा
बुधबार, ०५ चैत २०७६, ११ : २९
बलिउड नायिका सोनम कपुर कोरोना त्रासबीच लण्डनबाट भारत फिर्ता भएकी छिन् ।
सोनमले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै आफू श्रीमान् सहित भारत जान लागेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म आफ्ना श्रीमान्सहित भारत जाँदै छु । घर जान म निकै आतुर छु । लभ यू अल ।’
भारतको एयरपोर्टमा ल्याण्ड गरेपछि उनले भारतीय सरकार र कोरोनाविरुद्ध लड्नका लागि अपनाइएको तयारीको तारिफ पनि गरेकी छिन् ।
सोनमले भनिन्, ‘एयरपोर्टमा मेरो विभिन्न स्थानमा परीक्षण भयो ।’ एयरपोर्टबाट घर पुगेपछि सोनम परिवारसँगै बसेकी त छिन् तर आफूले आफैंलाई आइसोलेशनमा राख्ने निर्णय लिएकी छिन् । आजकाल धेरैजसो मानिसहरु भाइरसबाट बच्नका लागि आफ्नो घरमै बसिरहेका छन् र भीडभाडयुक्त इलाकामा सकेसम्म जान अस्विकार गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण