चीनमा पहिलो पटक कोरोनाका नयाँ संक्रमित फेला परेनन्, विदेशबाट आएकामा मात्र संक्रमण
बेइजिङ । कोरोनाभाइरसको पहिलो संक्रमण देखा परेको चीनमा पछिल्लो समय कोरोना संक्रमणको अवस्थामा निकै सुधार आएको छ ।
कोरोनाभाइरसको संक्रमण फैलिए यता, चीनमा पहिलो पटक बुधबार स्थानीयस्तरमा नयाँ संक्रमित फेला नपरेको समाचार एजेन्सीहरुले जनाएका छन् । यसलाई विश्वमा कोभिड–१९ विरुद्धको युद्धमा नयाँ मोड मानिएको छ ।
चीनले बुधबार कोरोनाको ३४ नयाँ संक्रमित फेला परेको जनाएको छ । तर फेला परेका ती नयाँ संक्रमितहरु स्थानीय नभई विदेशबाट आएकाहरु रहेको जनाइएको छ ।
चीनमा पछिल्लो महिना दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित थपिदैँ जाने गरेको अवस्थामा हालैका दिनमा संक्रमितको संख्यामा निकै कमी आएको थियो । झण्डै एक महिना लामो ‘लक डाउन’, अनिवार्य रुपमा होम क्वारेन्टाइन, यात्रामा प्रतिवन्ध लगायतका उपाय अवलम्बन गर्दै चीनले कोरोना संक्रमणको फैलावटलाई खुम्च्याउनुको साथै पछिल्लो समय यसलाई करिब–करिब नियन्त्रणमा ल्याइसकेको हो ।
चिनियाँ अधिकारीहरुका अनुसार चीनभित्र कोरोना संक्रमण करिब करिब नियन्त्रणमा आइसकेको छ । विदेशबाट आउनेहरुमा संक्रमण देखिए पनि चीनभित्रै संक्रमण फैलने क्रममा अपेक्षाकृत नियन्त्रण देखिएको छ ।
चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमणले पछिल्लो समय युरोपमा भने विस्फोटक रुप धारण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
-
भैरहवा र पोखरा विमानस्थल चलाउन भारत–चीनसँग नेगोसिएसन भइरहेको छ: अर्थमन्त्री
-
डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने सरकारको तयारी
-
पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण