चीनको उहानमा कोभिड–१९ सङ्क्रमितमध्ये १.४ प्रतिशतको मृत्यु

सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सङ्क्रमणका कारण मृत्यु हुने विरामीको दर १.४ प्रतिशत रहेको अनुशन्धानबाट थाहा हुन आएको छ ।
बिहीबार अनुसनधानबारे सार्वजनिक रिपोर्ट अनुसार विश्वभर सङ्क्रमणका दुई लाखभन्दा बढी बिरामीमध्ये एउटै सहरमा सबैभन्दा धेरै चीनको वुहानमा सङ्क्रमित भएका थिए भने त्यसमध्ये १.४ प्रतिशतको मृत्युको कारण भाइरससङ्क्रमण रहेको छ ।
विश्व स्वास्थ्य संगठनले यसै महिना दिएको जानकारीमा विश्वव्यापीरूपमा सङ्क्रमितमध्ये ३.४ प्रतिशतको मृत्यु भएको बताइएको थियो । यसबारे विज्ञहरूले कोरोना सङ्क्रमणको परीक्षण गर्ने सिमित क्षमताका कारण सङ्ख्या बढी देखिएको भएपनि वास्तविक मृत्युदर उल्लेख्यरूपमा कम रहेको दावी गरेका छन् ।
अनुसन्धानकर्ताहरूले चीनको वुहानबाट प्राप्त विभिन्न आठ निजी तथा सरकारी तथ्याङ्क स्रोतहरूलाई समीक्षा गरेको र त्यसबाट वास्तविक मृत्यु दर आएको उल्लेख गरेका छन् ।
स्रोतहरूमा पुष्टि भएका विरामीहरूको वुहानबाट प्रकाशित तथ्याङ्क, पुष्टि भएका हवाई यात्रुका विवरण, पुष्टि भएका तथा मृत्यु भएका व्यक्तिको उमेरगत विवरण र सङ्क्रमितको सुरूवाती तथ्याङ्क र मृत्युलगायत आठथरी विवरण रहेका छन् ।
अध्ययनका लागि फेब्रुअरी २९ सम्मको तथ्याङ्क समावेश भएको र त्यतिवेलासम्म मुख्यभूमि चीनमा दुई हजार ८३८ व्यक्तिको मृत्यु भएको थियो भने ७९ हजार ३९४ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन
-
गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल
-
कथाकार माया ठकुरी उर्फ ‘चिहानडाँडा धाउने बौलाही’
-
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने
-
मातापितालाई सोध्नोस्
-
तरुण दललाई ३ करोड विनियोजन शासन प्रणाली र दलहरूमाथि गम्भीर प्रश्न : महेश बस्नेत