आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसका सन्दर्भमा विश्व स्वास्थ्य संगठनले युवा वर्गलाई दियो चेतावनी

शनिबार, ०८ चैत २०७६, १० : १२
शनिबार, ०८ चैत २०७६

न्यूयोर्क । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका बारेमा युवाहरुलाई चेतावनी जारी गरेको छ । युवामा कोरोनाभाइरसको असर कम रहेको भन्दै युवा वर्गले यसलाई गम्भीरतापूर्वक नलिएको पाइएपछि विश्व स्वास्थ्य संगठनले युवाहरुलाई चेतावनी जारी गरेको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोस एडहानोम घेब्रेयससले युवालाई चेतावनी जारी गर्दै कोरोना संक्रमणबाट बच्नका लागि बढी घुलमिल नहुन र कमजोर तथा वृद्धवृद्धासँग निकट रहेर कुरा नगर्न सुझाव दिएका हुन् । युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोनाभाइरस मुक्त नरहेको पनि उनले प्रष्ट पारेका छन् ।

महानिर्देशक टेडरोसले भनेका छन्, ‘युवाहरुले रोज्ने बाटो कसैका लागि जीवन र मृत्युको अन्तर हुन सक्छ ।’

युवाहरु कोरोनाका कारण जारी स्वास्थ्य चेतावनीलाई लिएर गम्भीर नभएको रिपोर्ट सार्वजनिक भएपछि विश्व स्वास्थ्य संगठनले युवाहरुलाई यस्तो चेतावनी दिएको हो । कोरोनाभाइरसले मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा रहेको तथा युवालाई खासै असर नदेखिएको रिपोर्ट प्रकाशमा आएपछि युवाहरु कोरोनाबाट जोगिन अपनाउनु पर्ने सावधानीका दृष्टिकोणले त्यति गम्भीर नरहेको पाइएको हो ।

जेनेभास्थित विश्व स्वास्थ्य संगठनको मुख्यालयबाट अनलाइनमार्फत पत्रकार सम्मेलनमा बोल्दै उक्त संस्थाका महासचिवले भने, ‘वृद्धवृद्धामा कोरोनाको अधिक प्रभाव परेको छ तर युवा पनि यसबाट पूर्ण रुपमा सुरक्षित भने छैनन् ।’

युवाहरुलाई सन्देश दिदैँ उनले भने, ‘तपाईहरु अजेय हुनुहुन्न, यो भाइरसले तपाईहरुलाई हप्तौँसम्मका लागि अस्पतालमा पु¥याउन सक्छ र मृत्युसमेत हुन सक्छ । तपाई बिरामी हुनु भएन भने पनि कसैका लागि जीवन र मृत्युको कारण बन्न सक्नु हुन्छ ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप