यस्तो छ बलिउडका चर्चित अभिनेताको आम्दानी
मुम्बई– विश्व प्रसिद्ध म्यागेजिन फोर्सले सबैभन्दा बढी कमाई गर्ने अभिनेताको सूचि सार्वजनिक गरेको छ । बलिउडको लागि खुसीको कुरो यो छ कि उक्त सूचिमा बलिउडका तीन अभिनेता उत्कृष्ट १० भित्र परेका छन् । जसको ८ औं स्थानमा शाहरुख खान, ९ औं स्थानमा सलमान खान र १० औं स्थानमा अक्षयकुमार परेका छन् । अघिल्लो बर्ष फोर्सको सुचिका सबैभन्दा बढी कमाउ अभिनेताको सूचिमा बलिउडका तीन खान अर्थात शाहरुख, सलमान र अमिर परेका थिए । बलिउडका अन्य केही कलाकार कमाइको मामिलामा अहिले पनि अगाडि रहने गरेका छन् । बलिउड कलाकारको कमाई आज हामीले चर्चाको बिषय बनाएका छौ ।
सलमान खान ः २०१६ मा सलमानले बलिउड अभिनेता मध्य सबैभन्दा धेरै कमाइ गरेका छन् । उनले यो वर्ष एक चलचित्रका लागि ६० करोड समेत शुल्क लिएका थिए ।
अमिर खान ः अमिर खान २०१६ मा दोस्रा स्थामा रहेका थिए । उनले एक चलचित्रका लागि ५० करोड शुल्कसम्म लिएका थिए ।
शाहरुख खान ः शाहरुले पनि बढि पैसा लिने अभिनेताको सूचिमा सधै पर्ने गरेका छन् । उनले एक चलचित्रका लागि ३० देखि ४० करोडसम्म लिने गरेका छन् ।
अक्षय कुमार ः एक्सन हिरो अक्षयकुमार वर्षमा धेरै ट्याक्स भर्ने अभिनेतामा पनि पर्ने गरेका छन् । उनले एक चलचित्रका लागि ४० देखि ४५ करोड सम्म लिने गरेका छन् ।
रिलिक रोशन ः कम चलचित्रमा काम गर्ने अभिनेता रितिक रोशन हुन् । उनले चलचित्र मोहनजोदारोका लागि ५० करोर्ड फिस लिएका थिए । उनी हर चलचित्रमा ४० करोर्ड भन्दा बढि फिस लिने गरेका गर्दछन् ।
अजय देवगन ः बलिउडमा अजय देवगनको फिस लिने तरिका अन्य अभिनेता भन्दा फरक छ । उनी हरेक चलचित्रका लागि २२ देखि २५ करोडसम्म लिने गर्दछन् ।
रणबिर कपुर ः बलिउडका क्युट हिरो रणबीर कपुरले २०१६ मा एक चलचित्रको २५ करोर्ड शुल्क लिएको रेकड छ ।
रणबिर सिंह ः रणबिर सिंह बाजीराव मस्तानीका कारणले चर्चित छन् । यो चलचित्रले उनको डिमान्ट पनि निकै बढाएको छ । २०१६मा उनले एक चलचित्रको २० करोड लिएको रेकर्ड छ ।
शाहिद कपुर ः शाहिदले २०१६ मा धेरै कमाइ गरेका छन् । उनले एक चलचित्रका लागि १५ देखि १८ करोडसम्म लिएको रेकर्ड छ ।
एजेन्सीको सहयोगबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण